वनस्थलीको विद्युत प्राधिकरण कार्यालयमा आगलागी

काठमाडौं— नेपाल विद्युत प्राधिकरणको वनस्थलीस्थित कार्यालयमा आगलागी भएको छ ।
काठमाडौं महानगरको दमकलको सहायताले आगो नियन्त्रणमा लिइसकेको छ । प्रहरीका अनुसार कार्यालय भवनको तेस्रो तलामा आगो लागेको हो ।
आगलागीबाट भएको क्षतिको विवरण खुल्न बाँकी रहेको छ । आगो विद्युत् सर्ट भएर लागेको जनाइएको छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८० १२:२१













