News Griha :: न्यूजगृह
सामुदायिक वनमा मानव कंकाल फेला
सांकेतिक तस्बिर

कपिलवस्तु— जिल्लाको वाणगंगा नगरपालिकामा रहेको बागेश्वरी सामुदायिक वनमा मानव कंकाल फेला परेको छ । 

वन क्षेत्रभित्र मानव अस्थिपञ्जरसँगै चप्पल फेला परेको इलाका प्रहरी कार्यालय कोपवाका प्रहरी नायब निरीक्षक प्रवीन कार्कीले जानकारी दिए ।

उनले वनभित्र भेटिएको कंकालबारे अनुसन्धान भइरहेको जानकारी दिए । वाणगंगा नगरपालिका–६ को वन छेउका स्थानीयले च्याउ खोज्न जाँदा मानव कंकाल फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  १२:२९
Weather Update