News Griha :: न्यूजगृह
बाढी आएपछि सिरहामा हुने भनिएको एमाले सचिवालय बैठक स्थगित

काठमाडौं— नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ । शनिबारदेखि सिरहाको धनगढीमाई नगरपालिका–१४ अम्बासमा बस्ने भनिएको बैठक स्थगित भएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

निरन्तर वर्षासँगै बाढी पहिरो आइरहेकाले बैठक स्थल पुग्न समस्या भएको उनको भनाइ छ । अर्को बैठकको मिति चाँडै तय गर्ने उनले जानकारी दिए ।

मदन भण्डारीलाई नेतृत्वमा स्थापित गरेर माओ विचारधारा विस्थापन गरेको ऐतिहासिक स्थलमा एमालेको सचिवालय बैठक बस्ने तयारी थियो । २०४६ साल भदौ ९ देखि १४ गतेसम्म चलेको महाधिवेशनबाट २० सदस्यीय केन्द्रीय कमिटी चयन भएको थियो ।
 

प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  १६:३१
Weather Update