News Griha :: न्यूजगृह
खेलाडीले घोषित पुरस्कार नपाएको विषय संसदमा उठ्यो
खेलाडीले घोषित पुरस्कार नपाएको विषय संसदमा उठ्यो राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अशिम साहले क्रिकेट खेलाडीले घोषित पुरस्कार नपाएको कुरा संसदमा उठाएका छन् ।  उनले सरकारले पुरस्कारको घोषणा गरेर झुटो आश्वासनमा झुलाएको बताए ।
ओली भन्छन्— मेरो ज्यान मार्न खोज्नेहरूलाई सरकारले समाएन
ओली भन्छन्— मेरो ज्यान मार्न खोज्नेहरूलाई सरकारले समाएन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफ्नो ज्यान मार्न खोज्नेलाई नसमातेकोप्रति आपत्ति जनाएका छन् ।मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सरकारले आफ्नो ज्यान मार्न खोज्नेलाई नसमातेकोप्रति आपत्ति जनाएका हुन् ।
अब माछामा खानै नमिल्ने रङ मिसाउँदैनौं : मलेखुका व्यवसायी
अब माछामा खानै नमिल्ने रङ मिसाउँदैनौं : मलेखुका व्यवसायी माछामा खानै नमिल्ने रङ मिसाउने गरेको कुरा चर्चामा आएपछि मलेखुका माछा बिक्री गर्ने होटल व्यवसायीले अखाद्य रंङको प्रयोग हटाउन थालेका छन् ।गजुरी गाउँपालिका–२स्थित मलेखुको मजुवा बजारका होटल तथा माछा पसलेले अब आइन्दा माछा तथा अन्य खानामा रङको प्रयोग नगर्ने सामुहिक प्रतिबद्धता जनाएका हुन् ।
सरकारलाई सांसद केसीको प्रश्न— महंगी बढेको छ, सरकार के हेरेर बसेको छ ?
सरकारलाई सांसद केसीको प्रश्न— महंगी बढेको छ, सरकार के हेरेर बसेको छ ? नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकारलाई महंगी नियन्त्रण गर्न गम्भीर भएर लाग्न तथा राहतका कार्यक्रम ल्याउन आग्रह गरेका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा चाडपर्वको समयमा महंगी आकासिएको र कालोबजारी बढेकोमा सरकारको ध्यानाकर्षण गराउँदै उनले राहत कार्यक्रम ल्याउनुपर्ने माग गरे । 
अर्थतन्त्र सुधार कार्यप्रगति संसदीय समितिमा बुझाउन सांसद वाग्लेको माग
अर्थतन्त्र सुधार कार्यप्रगति संसदीय समितिमा बुझाउन सांसद वाग्लेको माग सांसद डा.स्वर्णिम वाग्लेले बजेटमा घोषणा गरिएका प्रोत्साहन कार्यक्रम कार्यप्रगति विवरण संसदीय समितिलाई उपलब्ध गराउन अर्थ मन्त्रालयसँग माग गरेका छन् ।
१६ वर्ष शिक्षण गरेर ड्रागन खेतीमा लागिन् तनहुँकी कल्पना, लाखौं कमाउँछिन् 
१६ वर्ष शिक्षण गरेर ड्रागन खेतीमा लागिन् तनहुँकी कल्पना, लाखौं कमाउँछिन्  तनहुँको व्यास नगरपालिका–५ ढोडेनीमा व्यावसायिक रूपमा थालेको ड्रागन फलको खेतीबाट पहिलो वर्षमै राम्रो आम्दानी भएको छ । पूर्वशिक्षक, व्यवसायी तथा स्थानीय कृषक कल्पना गौलीले ‘माँ अम्बे अलौकिक कृषि फार्म’ दर्ता गरी सुरु गरेको ड्रागन खेतीबाट आठ लाख बराबरको ड्रागन बिक्री गरेकी छिन् ।गत वर्षको वैशाखदेखि व्यवसाय थालेकी गौलीले एक...
पहिले दुर्व्यसनीको अखडा, अहिले बन्यो ड्रागन फ्रुटको बगैँचा
पहिले दुर्व्यसनीको अखडा, अहिले बन्यो ड्रागन फ्रुटको बगैँचा पोखरा महानगरपालिका–११ सेती नदीको किनारास्थित रामघाट केही वर्षअघिसम्म गाँजा, चरेसजन्य लागूऔषधको प्रयोग गर्ने दुर्व्यसनीहरूको अखडा जस्तै थियो । नजिकै रहेको गण्डकी अस्पतालबाट बेवारिसे शिशुहरूको शव पनि फाल्ने गरिन्थ्यो । लागूऔषध र फोहोरले कुरुप बनेको उक्त स्थान यतिबेला ड्रागन फ्रुटको बगैँचामा परिणत भएको छ ।
नेपालगञ्जमा किन लगाइयो अनिश्चितकालीन कर्फ्यु ? 
नेपालगञ्जमा किन लगाइयो अनिश्चितकालीन कर्फ्यु ?  जिल्ला प्रशासन कार्यालय बाँकेले  मंगलबार नेपालगञ्ज उपमहानगरपालिकामा अनिश्चितकालीन कर्फ्यु  लगाएको छ । प्रमुख जिल्ला अधिकारी बीपीन आचार्यले मंगलबार दिउँसो १ बजेदेखि लाग हुने गरी कर्फ्यु लगाइएको जानकारी दिए ।
मन्थली विमानस्थलमा विदेशी पर्यटक खचाखच, होटल सुनसान
मन्थली विमानस्थलमा विदेशी पर्यटक खचाखच, होटल सुनसान मन्थली विमानस्थलबाट सोलुखुम्बुको लुक्ला विमानस्थलमा अहिले पर्यटकीय उडान भइरहेका छन् । शरद ऋतुको उडानअन्तर्गत असोज पहिलो सातादेखि मंसिर १५ सम्म मन्थलीबाट लुक्ला उडान हुने गरेको छ । यो सिजनमा दैनिक ३ सयदेखि ४ सयसम्म सगरमाथा क्षेत्र घुम्न जाने विदेशी पर्यटक मन्थलीबाट सोलुखुम्बु आउजाउ गर्छन् । 
गृहमन्त्री श्रेष्ठलाई सामाजिक सञ्जालमा अपशब्दसहित गाली गर्ने एक पक्राउ
गृहमन्त्री श्रेष्ठलाई सामाजिक सञ्जालमा अपशब्दसहित गाली गर्ने एक पक्राउ उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई सामाजिक सञ्जालमा अपशब्दसहित गाली गर्ने एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
कबड्डीमा इरानसँग नेपाल पराजित
कबड्डीमा इरानसँग नेपाल पराजित चीनमा जारी १९औँ एसियाली खेलकुदको महिला कबड्डीमा इरानसँग नेपाल ४३–१९ ले पराजित भएको छ । नेपालले यसअघि समूह बी को खेलमा बंगलादेशलाई हराएको थियो ।
प्रधानमन्त्रीले भने— भारतसँग उत्कृष्ट प्रदर्शनका लागि नेपाली क्रिकेट टिमलाई धन्यवाद
प्रधानमन्त्रीले भने— भारतसँग उत्कृष्ट प्रदर्शनका लागि नेपाली क्रिकेट टिमलाई धन्यवाद प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १९औँ एसियाली खेलकुदअन्तर्गत क्रिकेटमा नेपाली पुरुष खेलाडीले उत्कृष्ट प्रदर्शन गरेको भन्दै धन्यवाद दिएका छन् ।
Weather Update