News Griha :: न्यूजगृह
ओली भन्छन्— मेरो ज्यान मार्न खोज्नेहरूलाई सरकारले समाएन

काठमाडौं— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफ्नो ज्यान मार्न खोज्नेलाई नसमातेकोप्रति आपत्ति जनाएका छन् ।

मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सरकारले आफ्नो ज्यान मार्न खोज्नेलाई नसमातेकोप्रति आपत्ति जनाएका हुन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले भने,‘प्रमुख प्रतिपक्ष दलको नेतामाथि ज्यान लिन सांघातिक हमला गर्छ । हमलाकारीलाई कानुनको दायरामा ल्याउँदैन । मेरो ज्यान मार्न खोज्नेहरूलाई समाउँदैन, समाते पनि तत्काल छाड्छ । प्रहरीको टाउको फुटाउने र दाँत भाँचिने स्थितिसम्मका हमला भएका छन् । तर सरकार केही गर्दैन ।’

प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  १४:४५
Weather Update