कबड्डीमा इरानसँग नेपाल पराजित
काठमाडौं— चीनमा जारी १९औँ एसियाली खेलकुदको महिला कबड्डीमा इरानसँग नेपाल ४३–१९ ले पराजित भएको छ । नेपालले यसअघि समूह बी को खेलमा बंगलादेशलाई हराएको थियो ।
इरानविरुद्धको खेल गुमाए पनि प्रतियोगितामा नेपालको पदक जित्ने सम्भावना जीवन्त रहेको छ ।
समूहको अन्तिम खेलमा इरानले बंगलादेशको सामना गर्दैछ र त्यसको नतिजाले नेपालको पदक सम्भावनाको स्थिति प्रस्ट पार्नेछ । इरान पछिल्लो एसियाली खेलकुदको महिला कबड्डीमा स्वर्ण पदक विजेता हो ।
प्रकाशित मिति: मंगलबार, असोज १६, २०८० १२:४०