News Griha :: न्यूजगृह
९ केजी सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरासँग सीआईबीको सोधपुछ
९ केजी सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरासँग सीआईबीको सोधपुछ विद्युतीय चुरोट (भेप)मा लुकाएर ल्याइएको तस्करीको ९ केजी सुन प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्वसभामुख तथा सत्तारुढ माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरासँग सोधपुछ गरेको छ ।
बझाङ भूकम्पमा परी घाइते हुनेको संख्या १३ पुग्यो [अपडेट]
बझाङ भूकम्पमा परी घाइते हुनेको संख्या १३ पुग्यो [अपडेट] बझाङमा गएको भूकम्पमा परि १३ जना घाइते भएका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा गरी १३ जना घाइते भएको विवरण आएको जिल्ला प्रहरी प्रमुख डीएसपी भरतबहादुर शाहले जानकारी दिए । उनीहरूको अवस्था सामान्य रहेको र स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको उनले बताए ।
बझाङ भूकम्प : प्रभावितको उद्धार र राहतमा ध्यान दिन रास्वपाको माग 
बझाङ भूकम्प : प्रभावितको उद्धार र राहतमा ध्यान दिन रास्वपाको माग  उनले भनिन्, ‘सदन चलिरहँदा बझाङमा ५.३ रेक्टरस्केलको भूकम्प गएको छ । उक्त भूकम्पको कारण धेरै घर र विद्यालय समेत भत्किएको जानकारी आएको छ । जयपृथ्वी राजमार्ग पनि अवरूद्ध भएको छ भने पहिरो पनि गएको छ । नेपाल सरकार र सम्बन्धित निकायलाई विपद् व्यवस्थापनको टिमसहित उद्धार कार्य गर्न र पीडितलाई राहतको...
३ घण्टाभित्र बझाङमा  ४ रेक्टरमाथिका ६ वटा भूकम्प
३ घण्टाभित्र बझाङमा  ४ रेक्टरमाथिका ६ वटा भूकम्प बझाङमा केन्द्रबिन्दु भएर आज मंगलबार पटक पटक भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सबैभन्दा ठूलो धक्का दिउँसो ३ बजेर ६ मिनेटमा ६.३ रेक्टर स्केलको गएको थियो । त्यसअघि २ बजेर ४० मिनेटमा ५.३ रेक्टर स्केलको भूकम्प गएको थियो, जुन पहिलो थियो ।
दसैँको टीकाको शुभसाइत बिहान ११ बजेर २ मिनेटमा 
दसैँको टीकाको शुभसाइत बिहान ११ बजेर २ मिनेटमा  असोज २८ गते आइतबार बिहान ११:२९ बजे घटस्थापनाको साइत रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले ११:२९ बजेअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरेर घटस्थापना गर्नुपर्छ । 
बझाङ भूकम्प : तीन जना घाइते, दर्जनौँ घर भत्किए
बझाङ भूकम्प : तीन जना घाइते, दर्जनौँ घर भत्किए जयपृथ्वी नगरपालिकामा रहेको जाल्पा माविमाका एक विद्यार्थी घाइते भएको जानकारी आएको जिल्ला प्रशासन कार्यालय बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले जानकारी दिए ।  
राष्ट्रपति पौडेलमाथि पीडितको प्रश्नैप्रश्न, अनशन बस्ने घोषणा 
राष्ट्रपति पौडेलमाथि पीडितको प्रश्नैप्रश्न, अनशन बस्ने घोषणा  चेतन मानन्धरको हत्या प्रकरणमा जन्मकैदको सजाय पाएका रिगल भनिने योगराज ढकालको आममाफी सर्वत्र आलोचनाको विषय बनेको छ ।उक्त घटनामा मृतक चेतनकी श्रीमती भारती मानन्धरले आममाफीको विरुद्धमा भोलि बुधबारदेखि काठमाडौंको माइतीघरमा रिले अनशन सुरु गर्ने घोषणा गरेकी छिन् ।राजधानीमा मंगलबार पत्रकार सम्मेलन गर्दै उनले आफूजस्तै आम पीडितको न्यायका लागि...
धनराज गुरुङलाई ओलीको व्यंग्य— चुनाव जित्नका लागि पितृले भोट हाले
धनराज गुरुङलाई ओलीको व्यंग्य— चुनाव जित्नका लागि पितृले भोट हाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कानुनमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता धनराज गुरुङलाई चुनाव जित्नका लागि पितृले भोट हालेको भन्दै व्यंग्य गरेका छन् ।
न्यायालयलाई गठबन्धनको विभाग बनाउन खोजियो : अध्यक्ष ओली
न्यायालयलाई गठबन्धनको विभाग बनाउन खोजियो : अध्यक्ष ओली नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले न्यायालयलाई स्वतन्त्र रहन नदिएर गठबन्धनको विभाग बनाउन खोजेको आरोप लगाएका छन् ।मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकाले न्यायालयको गरिमा, निष्पक्षता, स्वच्छता स्वतन्त्रता र समग्र उचाइमाथि पटक–पटक प्रहार गरेको भन्दै न्यायालयलाई गठबन्धनको विभाग बनाउन खोजेको आरोप लगाएका हुन् ।
गठबन्धनका परिवारका सदस्यले शासनको निर्णय गरिहरेका छन् : अध्यक्ष ओली
गठबन्धनका परिवारका सदस्यले शासनको निर्णय गरिहरेका छन् : अध्यक्ष ओली प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनका परिवारका सदस्यहरुले शासनको निर्णय गरिहरेको आरोप लगाएका छन् ।मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले संविधान कानुन र राज्य प्रणालीले नचिनेका विचौलिया र गठबन्धनका परिवारका सदस्यहरुले शासनको निर्णय गरिहरेको आरोप लगाएका हुन् ।
५.३ म्याग्निच्युडको भूकम्पको धक्का, केन्द्रबिन्दु बझाङ
५.३ म्याग्निच्युडको भूकम्पको धक्का, केन्द्रबिन्दु बझाङ बझाङ केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प गएको छ ।
एमालेको अवरोधले बाग्मती प्रदेश सभा बैठक बुधबारका लागि सारियो
एमालेको अवरोधले बाग्मती प्रदेश सभा बैठक बुधबारका लागि सारियो बाग्मती प्रदेश सभा बैठक मंगलबार अपराह्न २ बजे बस्ने भनिएकोमा विशेष कारणवश बुधबार अपराह्न ४ बजे बस्ने भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।सोमबार साँझ बसेको प्रदेश सभाको बैठकमा प्रदेश चिट्ठा विधेयकसम्बन्धी विषयमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले सन्देशसहित फिर्ता पठाएको पूर्णपाठ प्रदेश सभाका प्रत्येक सदस्यहरुलाई उपलब्ध गराउनुपर्ने माग गर्दै...
Weather Update