News Griha :: न्यूजगृह
हेटौँडा—काठमाडौं सडकखण्ड अवरुद्ध
हेटौँडा—काठमाडौं सडकखण्ड अवरुद्ध  वर्षासँगै आएको पहिरोका कारण हेटौँडाबाट काठमाडौं जोड्ने दुई वटा सडकखण्डमा बुधबार बिहानैबाट यातायात अवरुद्ध भएका छन् ।पहिरोका कारण हेटौँडाबाट काठमाडौं जोड्ने कान्ति लोकपथ सडकखण्डअन्तर्गत ललितपुरको भट्टेडाँडास्थित पहिरो जाँदा बिहानैदेखि यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीको भनाइ छ ।
बझाङ भूकम्पमा बेपत्ता महिलाको शव फेला
बझाङ भूकम्पमा बेपत्ता महिलाको शव फेला बझाङमा भूकम्पपछि सुख्खा पहिरोमा परेर मंगलबारदेखि बेपत्ता भएकी महिलाको शव फेला परेको छ ।टिमुर टिप्न मंगलबार दिउँसो गाउँनजिकैको जंगल गएकी जयपृथ्वी नगरपालिका–११ ओखल गाउँकी ४० वर्षीया गुनमति धामीको शव बुधबार प्रहरीले फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङका इन्स्पेक्टर दीपेश चौधरीले जानकारी दिए ।
सरकारसँग भएका सहमति कार्यान्वयन होला, के भन्छन् ईसीडी शिक्षक ?
सरकारसँग भएका सहमति कार्यान्वयन होला, के भन्छन् ईसीडी शिक्षक ? सामुदायिक विद्यालयमा कार्यरत प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक) का मागमा वर्षौंपछि सरकारले सहमति जनायो । जसका लागि ईसीडी शिक्षक सडकमा आउनुपर्‍यो ।
एसियाली खेलकुद :  नेपालले महिला कबड्डीमा पदक पाउने निश्चित  
एसियाली खेलकुद :  नेपालले महिला कबड्डीमा पदक पाउने निश्चित   सेमिफाइनल प्रवेश गरेसँगै १९औँ एसियाली प्रतियोगितामा नेपालले कबड्डीमा पदक पाउने निश्चित भएको छ । चीनमा जारी प्रतियोगिताअन्तर्गत केहीबेर अघि सम्पन्न खेलमा इरानले बङ्गलादेशलाई ५४–१६ अङ्कले पराजित गरेसँगै नेपाल समूह ‘बी’ को उपविजेताका रुपमा सेमिफाइनल प्रवेश गरेको हो ।
बाढीले अस्थायी पुल र सडकमा क्षति
बाढीले अस्थायी पुल र सडकमा क्षति लगातारको वर्षापछि मेलम्ची नगरपालिकाको मेलम्ची खोलामा आएको बाढीले अस्थायी पुलमा क्षति पुर्याएको छ । बाढीले केही दिनअघि मात्र मेलम्ची नगरपालिका–११ फट्टेमा बनाइएको अस्थायी पुलमा क्षति पुर्याएको हो ।
ट्रकको ठक्करबाट धादिङमा दुई स्कुले बालकको मृत्यु, पृथ्वीराजमार्ग बन्द
ट्रकको ठक्करबाट धादिङमा दुई स्कुले बालकको मृत्यु, पृथ्वीराजमार्ग बन्द सिद्धलेक गाउँपालिका–६ का निर्मल श्रेष्ठ र सञ्जीव श्रेष्ठको ट्रकको ठक्करबाट घटनास्थल मै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए ।  
इन्द्रजात्रा हेर्न गएका किशोरको हत्यामा संलग्न चारजना पक्राउ 
इन्द्रजात्रा हेर्न गएका किशोरको हत्यामा संलग्न चारजना पक्राउ  इन्द्रजात्रा हेर्न सोमबार राति न्यूरोड गएका किशोरको हत्या भएको घटनामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । सोमबार राति साढे ११ बजे जात्रा हेर्न न्यूरोड पुगेका ओखलढुङ्गाको लिखु गाउँपालिका-४ घर भई क्षेत्रपाटी बस्दै आएका १७ वर्षीय सनी कार्कीको धारिलो हतियार प्रहारबाट हत्या भएको थियो ।  
पहिरोले मालढुङ्गा–बेनी सडक अवरुद्ध 
पहिरोले मालढुङ्गा–बेनी सडक अवरुद्ध  केही दिनदेखि निरन्तरको वर्षासँगै पर्वतको जलजला गाउँपालिका–७ केराबारीमा पहिरोले सडक अवरुद्ध बनेको हो । पहिरो झर्ने क्रम रोकिएको छैन । वर्षा नरोकिएकाले पहिरो पन्छाउने कामसमेत हुन नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख सुमन निउरेले जानकारी दिए ।
कालीगण्डकी करिडोर अवरुद्ध
कालीगण्डकी करिडोर अवरुद्ध नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुर खण्डमा पहिरोको कारण कालीगण्डकी करिडोर पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिए ।
कतार एअरको जहाज ‘ओभरसुट’
कतार एअरको जहाज ‘ओभरसुट’ विमानस्थल कार्यालयका अनुसार कतार एअरको जहाज ‘अनस्टेवल एप्रोज’ भएकाले ओभरसुट गरिएको हो । ‘जहाजले एप्रोच नमिलेर ओभरसुट गरेको हो, कहिलेकाहीँ (एप्रोज प्रोफाइल) नमिलेर, जहाज हाई अल्टिच्युड भएर आउँदा पनि यस्तो हुन्छ,’ विमानस्थलका एक उच्च अधिकारीले भने ।
दोलखामा प्रहरीले बरामद गरेको ११ किलो धातु सुन भएको पुष्टि, बजार मूल्य १० करोड १९ लाख बढी
दोलखामा प्रहरीले बरामद गरेको ११ किलो धातु सुन भएको पुष्टि, बजार मूल्य १० करोड १९ लाख बढी प्रहरीले विभिन्न समयमा बरामद गरेको सुन जस्तो देखिने ११ किलो धातु सुन नै भएको पुष्टि भएको छ । प्रहरीले विभिन्न ठाउँबाट बरामद गरी परीक्षणको लागि सुनचाँदी व्यवसायी संघ क्षेत्रपाटी, काठमाडौंमा पठाउँदा उक्त सुन जस्तो देखिने पहेँलो धातु सुन भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय दोलखको प्रमुख डीएसपी दीपक खड्काले जानकारी...
भूकम्पमा घाइते भएका ११ जना उपचारपछि घर फर्किए, ४० वटा टेन्ट वितरण [अपडेट]
भूकम्पमा घाइते भएका ११ जना उपचारपछि घर फर्किए, ४० वटा टेन्ट वितरण [अपडेट] बझाङ भूकम्पमा परेर घाइते भएकामध्ये ११ जना उपचारपछि घर फर्किएका छन् । अन्यको उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जानकारी दिए । भूकम्पबाट ३१ घर भत्किएका छन्  । अवरुद्ध जयपृथ्वीबहादुर सिंह सडक पनि सञ्चालनमा आएको छ । 
Weather Update