News Griha :: न्यूजगृह
भूकम्पमा घाइते भएका ११ जना उपचारपछि घर फर्किए, ४० वटा टेन्ट वितरण [अपडेट]

काठमाडौं— बझाङ भूकम्पमा परेर घाइते भएकामध्ये ११ जना उपचारपछि घर फर्किएका छन् । अन्यको उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जानकारी दिए ।

भूकम्पबाट ३१ घर भत्किएका छन्  । अवरुद्ध जयपृथ्वीबहादुर सिंह सडक पनि सञ्चालनमा आएको छ । 

'३१ वटा घर भत्किएको भन्ने बाहेक राति थप विवरण आएको छैन । सम्भवत थप घटना नभएर होला । गम्भीर प्रकृतिका घटना भएको भए सायद विवरण आउँथ्यो होला,' प्रमुख जिल्ला अधिकारी पाण्डेयले भने, 'अवरुद्ध सडक हिजै साँझ सञ्चालनमा आइसकेको छ ।'

उनका अनुसार ४० वटा टेन्ट वितरण गरिएको छ । खुला तथा सार्वजनिक स्थानमा उक्त टेन्ट टाँगिएको र स्थानीय त्यसमा बसिरहेका छन् । 

'टेन्टको माग भएकाले हामीले हिजै वितरण गर्‍यौँ । राहत वितरणका लागि कसैबाट अहिलेसम्म माग भएको छैन,' उनले भने । 

प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  ०७:३८
Weather Update