घट्यो पाउण्ड र युरोको मूल्य, अरुको के छ? बुधबार, असोज १७, २०८०

राशिफल : आज कस्तो रहला तपाईंको दिन ? बुधबार, असोज १७, २०८० असोज १७ गते बुधबार । असोज कृष्ण षष्ठी । पञ्चाङ्ग सिद्धि गर रोहिणी । षष्ठी श्राद्ध । विश्व पशु दिवसराशिफल हेर्नुहोस् ।

शान्त हुँदै नेपालगञ्ज, कर्फ्युबारे आज निर्णय लिइने बुधबार, असोज १७, २०८० जिल्ला प्रशासन कार्यालयका अनुसार गत आइतबार सामाजिक सञ्जालमा मुस्लिम समुदायलाई लक्षित गरी लेखिएको स्टाटसको विषयलाई लिएर नेपालगञ्जमा तनाव भएको हो । तनाव बढेपछि मंगलबार दिउँसो १ बजेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको छ ।

आज विश्व पशु दिवस मनाइँदै बुधबार, असोज १७, २०८० विभिन्न जनावरलाई विभिन्न देवीदेवताको वाहनको रुपमा पुज्ने चलन छ । तिहारमा विशेष गरी पशुको महत्व बढी छ । तिहारमा काग, कुकुर, गाई र गोरुलाई देवताको प्रतीक मानेर पुज्ने चलन छ ।
![बझाङ भूकम्पमा घाइते हुनेको संख्या १७ पुग्यो, एक जना बेपत्ता [अपडेट]](https://newsgriha.com/uploads/posts/bajhang-earthqu-1696337593.jpg)
बझाङ भूकम्पमा घाइते हुनेको संख्या १७ पुग्यो, एक जना बेपत्ता [अपडेट] बुधबार, असोज १७, २०८० बझाङ केन्द्रबिन्दु बनाएर मंगलबार दिउँसो गएको भूकम्पमा घाइते हुनेको संख्या १७ पुगेको छ । एकजना बेपत्ता रहेको बझाङकी सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले जानकारी दिइन् ।

मौसम : आज पनि दिनभर लगातार पानी पर्छ? बुधबार, असोज १७, २०८० काठमाडौं उपत्यकासहित देशका विभिन्न भूभागमा बिहानैदेखि वर्षा भइरहेको छ । देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी, लुम्बिनी, कोशी र बागमती, प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
![बझाङ भूकम्पमा एक महिला बेपत्ता, स्थानीयको खुला आकासमुनि बास [अपडेट]](https://newsgriha.com/uploads/posts/bajhang-earthquake-1-1696337183.jpg)
बझाङ भूकम्पमा एक महिला बेपत्ता, स्थानीयको खुला आकासमुनि बास [अपडेट] मंगलबार, असोज १६, २०८० उनी मंगलबार दिउँसो टिमुर टिप्न जङ्गल गएकी थिइन् । घर नफर्किएपछि उनको खोजी भइरहेको छ । उनी टिमुर टिप्न गएको ठाउँमा पहिरो गएको छ। उनी पहिरोमा परेर बेपत्ता भएको हुनसक्ने अनुमान भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख भरत शाहले बताए।

कांग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार गर्ने पुर्पक्षका लागि थुनामा मंगलबार, असोज १६, २०८० सोमबार काठमाडौं जिल्ला अदालतको आदेशले खुकुरी प्रहार आरोपमा पक्राउ परेका श्यामबहादुर सापकोटालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । सापकोटालाई केन्द्रीय कारागार जगन्नाथदेवलमा चलान गरिएको छ।

२७ वर्षीया लक्ष्मीको हत्यामा संलग्न चार युवा पक्राउ मंगलबार, असोज १६, २०८० शरीरमा चोटपटक लागेको अवस्थामा भेटिएको उक्त शव प्रारम्भिक अनुसन्धान गर्दै प्रहरीले धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा परीक्षण गरी आफन्तको जिम्मा लगायो ।

धर्मगुरु आचार्य श्रीनिवास पक्राउ मंगलबार, असोज १६, २०८० विवादास्पद अभिव्यक्ति दिएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले उनलाई मंगलबार सुनसरीको चक्रघट्टीबाट पक्राउ गरेको हो ।

नेपालगञ्ज अझै अशान्त, स्थिति नियन्त्रणमा लिन सेना परिचालन मंगलबार, असोज १६, २०८० मंगलबार साँझसम्म आठजना घाइते भएका छन् । जिल्ला प्रशासन कार्यालय बाँकेले मंगलबार दिउँसो १ बजेदेखि कर्फ्यु लगाएको छ । तर पनि अवस्था अझै नियन्त्रणमा आउन सकेको छैन । सोमबार मुस्लिम समुदायले गरेको विरोध प्रदर्शन र मंगलबार ओमकार परिवार हिन्दु समाजले निकालेको र्याली पछि त्यहाँको अवस्था तनावग्रस्त भएको हो ।

धार्मिक र साम्प्रदायिक सम्बन्धमा खलल पुग्ने गतिविधि नगर्न सरकारको अपिल मंगलबार, असोज १६, २०८० मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकमा नेपालगञ्जमा देखिएको तनावबारे छलफल भएको थियो । बैठकले धार्मिक, साम्प्रदायिक वा अरु आधारमा घृणा वा द्वेष हुने कामकारबाही नगर्न अपिल गरेको छ ।

गणपूरक संख्या नपुगेपछि प्रतिनिधि सभा बैठक स्थगित, अर्को बैठक आगामी बिहीबार मंगलबार, असोज १६, २०८० उनले भने, ‘कुनै पनि प्रश्न वा प्रस्ताव निर्णयार्थ पेस गर्न प्रतिनिधि सभाको एक चौथाई सदस्य हुनुपर्ने व्यवस्था छ । ६९ हुनुपर्नेमा ६६ भएकोले गणपूरक संख्या नपुगेपछि आजको कार्यसूचीको कार्यक्रम हटाइएको छ ।’









