News Griha :: न्यूजगृह
कांग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार गर्ने पुर्पक्षका लागि थुनामा

काठमाडौं— कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार गरेको आरोपमा पक्राउ परेका व्यक्ति पुर्पक्षका लागि थुनामा गएका छन् ।  

सोमबार काठमाडौं जिल्ला अदालतको आदेशले खुकुरी प्रहार आरोपमा पक्राउ परेका श्यामबहादुर सापकोटालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । सापकोटालाई केन्द्रीय कारागार जगन्नाथदेवलमा चलान गरिएको छ।

उनले भदौ २० गते दिउँसो कुटीमण्डपमा सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार गरेका थिए ।

प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  २०:३४
Weather Update