सांघातिक आक्रमण
कांग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार

काठमाडौं— नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि सांघातिक आक्रमण भएको छ ।
भृकुटीमण्डपस्थित रिपोटर्स क्लबमा भएको कार्यक्रमबाट बाहिरिने क्रममा यादवमाथि खुकुरी प्रहार भएको हो । खुकुरी हानेको आरोपमा एक जनालाई पक्राउ गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी भुपेन्द्र खत्रीले जानकारी दिए ।
‘उहाँलाई टाउकोमा खुकुरी प्रहार भएको रहेछ, उपचारका लागि ट्रमा सेन्टर लगिएको छ। बोल्न सक्नुहुन्छ,’ उनले भने।
![]()
नुवाकोट घर भएका श्याम सापकोटालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनले किन सहमहामन्त्री यादवमाथि सांघातिक आक्रमण गरेका हुन् खुलिसकेको छैन ।
प्रकाशित मिति: बुधबार, भदौ २०, २०८० १५:०५













