News Griha :: न्यूजगृह
शान्त हुँदै नेपालगञ्ज, कर्फ्युबारे आज निर्णय लिइने  

काठमाडौं— बाँकेको नेपालगञ्ज शान्त हुँदै गएको छ ।

हिन्दु  र मुस्लिम  समुदायबीच भएको विवादले मंगलबार दिनभर अशान्त रहेको नेपालगञ्ज अहिले शान्त बन्दै गएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको हो ।

nepalgung-1-1696383513.jpg

जिल्ला प्रशासन कार्यालयका अनुसार गत आइतबार सामाजिक सञ्जालमा मुस्लिम समुदायलाई लक्षित गरी लेखिएको स्टाटसको विषयलाई लिएर नेपालगञ्जमा तनाव भएको हो । तनाव बढेपछि मंगलबार दिउँसो १ बजेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको छ ।

nepalgunj-3-1696383512.jpg

प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले रातीको घटना क्रमको अहिले समीक्षा भइरहेको र आज थप कर्फ्युबारे निर्णय गरिने बताए । उनले भने, 'आज बिहानसम्म निश्चित रूपमा कर्फ्यु जारी रहन्छ । त्यसपछि अवस्था हेरेर निर्णय गर्छौँ ।' 

nepalgunj-4-1696383512.jpgमंगलबार दुई पक्षबीच झडप हुँदा ३ सुरक्षाकर्मी र १० सर्वसाधारण घाइते भएका छन् । उनीहरूको नेपालगञ्जका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए ।  

तस्बिरहरूः कालपृष्ठ दैनिक

प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  ०६:४८
Weather Update