साराशंकरले पाए सर्वोत्कृष्ट लोकदोहोरी भिडिओ निर्देशक अवार्ड बुधबार, असोज १७, २०८०

गोरखामा आमाको नामबाट नागरिकता दिन सुरु बुधबार, असोज १७, २०८० जिल्ला प्रशासन कार्यालय गोरखाले आमाको नामबाट वंशजका आधारमा नागरिकता दिन सुरु गरेको छ ।सो कार्यालयले मंगलबार भीमसेन थापा गाउँपालिका–१, मसेलका १९ वर्षीय मन्जित बानियाँलाई आमाका नामबाट वंशजका आधारमा नागरिकता प्रदान गरी जिल्लामा पहिलोपटक आमाको नामबाट नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिए ।

नेपालगञ्जमा कर्फ्युका कारण अलपत्र नेपाली गन्तव्यतर्फ जाँदै बुधबार, असोज १७, २०८० नेपालगञ्जमा लागेको कर्फ्युका कारण नेपाल–भारत सीमानाका जमुनाहामा अलपत्र परेका नेपालीलाई गन्तव्यतर्फ पठाउन सुरु गरिएको छ ।कर्फ्युका कारण सीमा क्षेत्रमा रोकिएका नेपालीलाई गन्तव्यसम्म पठाउन सुरु गरिएको इलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्ज प्रहरी वरिष्ठ नायब निरीक्षक मीनबहादुर विष्टले बताए ।

किन भइरहेको छ भारी वर्षा, यसाे भन्छन् माैसमविद् बुधबार, असोज १७, २०८० जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी शुक्रबारदेखि मौसममा क्रमशः सुधार हुँदै जाने बताएको छ ।मौसमविद् गोविन्द झाले बुधबार न्यूजगृहसँग शुक्रबारदेखि मौसममा सुधार हुने बताएका हुन् । उनले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित रहेको जानकारी दिए ।
देशमा भइरहेको धार्मिक विवादबारे के भन्छन् केपी ओली ? बुधबार, असोज १७, २०८० नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालगञ्जलगायत देशका विभिन्न क्षेत्रमा धार्मिक सद्भाव खलबलिएको तर्फ सचेत हुन आग्रह गर्दै राष्ट्रिय एकता जोगाउन आह्वान गरेका छन् ।बुधबार सामाजिक सञ्जाल फेसबुमार्फत ओलीले नेपालगञ्जलगायत देशका विभिन्न स्थानमा देखिएको धार्मिक विवादको कारण राष्ट्रिय एकता कमजोर बनेको भन्दै राष्ट्रिय एकता जोगाउन आग्रह गरे ।

शुक्रबारसम्म वर्षा हुने बुधबार, असोज १७, २०८० जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले शुक्रबारसम्म वर्षा हुने जनाएको छ । नेपालमा हाल भारतको झारखण्ड आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको प्रभावका कारण मौसम बदली रहेको महाशाखाकाे भनाइ छ ।

बझाङमा भूकम्प जाने क्रम जारी, ४ रेक्टर स्केलमाथिका ११ भूकम्प बुधबार, असोज १७, २०८० सुदूरपश्चिम प्रदेशको बझाङका विभिन्न ठाउँ केन्द्रबिन्दु भएर भूकम्प र परकम्प जाने क्रम जारी रहेको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मंगलबार अपराह्न २:४० बजे बझाङको तालकोट केन्द्रबिन्दु भएर ५.३ रेक्टर स्केलको भूकम्प गएको थियो ।खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले बझाङका विभिन्न ठाउँ केन्द्रबिन्दु...

के हो हनी ट्रयाप? बुधबार, असोज १७, २०८० अंग्रेजी शब्द हनीको अर्थ मह भन्ने बुझिन्छ भने ट्रयाप भन्नाले जालमा पार्ने भनेर बुझिन्छ । महजस्तै मीठो वा राम्रो चिजको माध्यमले कुनै व्यक्तिलाई ट्रयापमा पारिन्छ भने त्यसलाई सामान्य बुझाइमा हनी ट्रयाप भनिन्छ । यो शब्द हेर्दा र सुन्दा जति सरल र सूक्ष्म देखिन्छ त्यति सरल नभई अति नै बृहत् र...

श्रीमानको हत्या गर्नेलाई सरकारले आममाफी दिएको विरोधमा भारतीले सुरु गरिन् अनशन बुधबार, असोज १७, २०८० सरकारले आफ्ना श्रीमानको हत्यारा योगराज ढकाल रिगललाई संविधान दिनवसको अवसरमा आममाफी दिएको विरोधमा भारती मानन्धरले काठमाडौंको माइतीघर मण्डलामा अनशन सुरु गरेकी छिन् ।भारतीले श्रीमान् चेतन मानन्धरको हत्या अभियोगमा जेल परेका रिगललाई आममाफी दिएको भन्दै अनशन सुरु गरेकी हुन् । गत असोज ३ गते सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रिगललाई...

महिला भलिबलमा नेपाल भारतसँग पराजित बुधबार, असोज १७, २०८० चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुद (एसियाड) प्रतियोगिताअन्तर्गत महिला भलिबल खेलमा नेपाल भारतसँग पराजित भएको छ ।
बुधबार बढ्यो सुनको मूल्य, ताेलाकाे कति ? बुधबार, असोज १७, २०८० नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार सुनको मूल्य बढेको जानकारी दिएको छ । महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको हो ।

सबै मिलेर बसेको देशमा सामाजिक सद्भाव खलबलिने काम नगरौं : माधव नेपाल बुधबार, असोज १७, २०८० नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सामाजिक सद्भाव खलबलिने काममा नलाग्न सबैलाई अपिल गरेका छन् ।

सिक्किमको टिस्टा नदीमा बाढी, २३ सैनिक बेपत्ता, ४१ गाडी डुबे बुधबार, असोज १७, २०८० सिक्किमको टिस्टा नदीमा आएको बाढीका कारण २३ सैनिक बेपत्ता भएका छन् ।दैनिक भास्करका अनुसार मंगलबार बिहान १:३० बजे चुंगथाङ ड्यामबाट ठूलो मात्रामा पानी निकास भएपछि नदीमा बाढी आएको हो ।नदी नजिकैको क्षेत्रमा रहेको सेनाको ब्यारेक बाढीले बगाएकाे छ । ब्यारेकमा रहेकामध्ये २३ सैनिक बेपत्ता भएका छन् भने सेनाकै...









