News Griha :: न्यूजगृह
महिला भलिबलमा नेपाल भारतसँग पराजित

काठमाडौं— चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुद (एसियाड) प्रतियोगिताअन्तर्गत महिला भलिबल खेलमा नेपाल भारतसँग पराजित भएको छ ।

भारतसँग नेपाली राष्ट्रिय महिला टोली ३–१ सेटले पराजित भएको हो । 

खेलको पहिलो सेट २५–२३ ले गुमाएको नेपालले दोस्रो खेल २६–२८ ले आफ्नो पक्षमा पार्न सफल भयो ।  त्यसपछिका दुई सेट नेपालले गुमायो ।

खेलको तेस्रो सेटमा नेपालले पुनः २५–२३ बनायो भने चौथो सेटमा भारतले २५–१७ ले सहजै आफ्नो पक्षमा पार्‍यो ।

यसअघि समूह चरणको खेलमा नेपाल भियतनाम र दक्षिण कोरियासँग पराजित भएको थियो ।

प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  ११:५३
Weather Update