News Griha :: न्यूजगृह
अर्थतन्त्रमा दबाब छ : ऊर्जामन्त्री बस्नेत
अर्थतन्त्रमा दबाब छ : ऊर्जामन्त्री बस्नेत ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपालमा विकासको शैली परिवर्तन गर्न आवश्यक रहेको बताएका छन् ।
बाग्लुङमा फोन गर्न दुई घण्टा हिँडेर अग्लोडाँडा जानुपर्ने बाध्यता हट्यो
बाग्लुङमा फोन गर्न दुई घण्टा हिँडेर अग्लोडाँडा जानुपर्ने बाध्यता हट्यो ‘फोन गर्न दुई घण्टा हिँडेर अग्लो डाँडामा पुग्नुपर्थ्यो, अहिले त घरगोठभित्रै फोनले काम गर्न थालेको छ,हामीहरुलाई जुनी फेरिए झैँ लागेको छ,’सात वर्षदेखि मोबाइल चलाउन थालेका निसीखोला गाउँपालिका–५ निसेलढोरका वीरबहादुर घर्ती मगरले भने ।
चाडबाडलक्षित बजार अनुगमन प्रभावकारी बनाउन सरकारलाई संसदीय समितिकाे निर्देशन
चाडबाडलक्षित बजार अनुगमन प्रभावकारी बनाउन सरकारलाई संसदीय समितिकाे निर्देशन दसैँ, तिहार, छठलगायत चाडबाडको बेला उपभोग्य वस्तुको सहज आपूर्ति व्यवस्थापनका लागिसंघीय  संसद् प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सरकारलाई निर्देशन दिएको छ ।
बालबालिकालाई कात्तिक १७ र १८ गते भिटामिन ‘ए’ खुवाइने
बालबालिकालाई कात्तिक १७ र १८ गते भिटामिन ‘ए’ खुवाइने सरकारले बालबालिकालाई यस वर्षको ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ आगामी कात्तिक १७ र १८ गते सञ्चालन गर्ने भएको छ ।
नयाँ बसपार्कको बर्गर हाउसमा बन्धक बनाएको आरोपमा दुई पक्राउ
नयाँ बसपार्कको बर्गर हाउसमा बन्धक बनाएको आरोपमा दुई पक्राउ काठमाडौं महानगरपालिका–२६ गोग‌बु नयाँ बसपार्क स्थित ‘द बर्गर हाउस’ मा एक जना युवकलाई अपहरण तथा बन्धक बनाई राखेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
११ किलो सुन प्रकरणमा थप एक चिनियाँ नागरिक पक्राउ
११ किलो सुन प्रकरणमा थप एक चिनियाँ नागरिक पक्राउ प्रहरीले ११ किलो सुन प्रकरणमा  थप एक जना चिनियाँ नागरिक पक्राउ गरेको छ ।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बुधबार दिउँसो एक जनालाई पक्राउ गरेको हो ।
बाजुरामा दुई घाइते, नौ घर पूर्ण क्षति
बाजुरामा दुई घाइते, नौ घर पूर्ण क्षति बझाङको तलकोटमा मंगलबार ५.३ म्याग्नेच्युड र चैनपुर केन्द्रबिन्दु बनाएर आएको ६.३ म्याग्नेच्युडको भूकम्पमा परी बाजुरामा दुईजना घाइते हुनाका साथै नौ घर पूर्ण रुपमा क्षति भएका छन् ।घाइते हुनेमा बडीमालिका नगरपालिका–९ का प्रलोप डिजी र खप्तड छेडेदह गाउँपालिका–४ घर भई हाल बडीमालिका नगरपालिका–८ मा बस्दै आएका १३ वर्षीय सुन्दर सार्की...
तनहुँमा भारी वर्षा, सतर्क रहन आग्रह
तनहुँमा भारी वर्षा, सतर्क रहन आग्रह तनहुँको घिरिङ गाउँपालिका–१ अत्रौलीमा भारी वर्षा भएको छ । मंगलबारदेखि निरन्तर परेको वर्षाका कारण पछिल्लो २४ घण्टामा अत्रौलीमा अत्यधिक वर्षा भएको हो । 
बझाङ भूकम्प पीडितको बसोबास, राहत र उद्धारमा लाग्न कांग्रेसको आग्रह
बझाङ भूकम्प पीडितको बसोबास, राहत र उद्धारमा लाग्न कांग्रेसको आग्रह सत्ता साझेदार दल नेपाली कांग्रेसले बझाङ भूकम्प प्रभावितलाई सुरक्षित स्थानान्तरण, बसोबास, राहत र युद्धस्तरमा उद्धारका कार्यमा सक्रियताका साथ लाग्न सरकालाई आग्रह गरेको छ ।  कांग्रेस सभापति शेरबहादुर देउवाले भूकम्पबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धार र राहतका लागि युद्धस्तरमा लाग्न आग्रह गरेका हुन्  ।
मध्यपहाडी लोकमार्ग : यी ठाउँमा पहिरो, यातायात ठप्प, यात्रु अलपत्र
मध्यपहाडी लोकमार्ग : यी ठाउँमा पहिरो, यातायात ठप्प, यात्रु अलपत्र निरन्तर वर्षाका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । लोकमार्गको बाग्लुङको बुर्तिबाङ–पूर्वी रुकुम खण्डअन्तर्गत निसीखोला गाउँपालिका–१ पाखुतेमा पहिरो जाँदा सडक पूर्ण रुपमा अवरुद्ध भएको हो ।
खुकुरी देखाएर अराजक अभिव्यक्ति दिने धर्मगुरु श्रीनिवासलाई बिनासर्त रिहा गर्न साधुसन्तको माग
खुकुरी देखाएर अराजक अभिव्यक्ति दिने धर्मगुरु श्रीनिवासलाई बिनासर्त रिहा गर्न साधुसन्तको माग साधुसन्तले खुकुरी देखाएर अराजक अभिव्यक्ति दिने धर्मगुरु आचार्य श्रीनिवासलाई रिहा गर्न माग गरेका छन् ।विवादास्पद अभिव्यक्ति दिएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले श्रीनिवासलाई मंगलबार सुनसरीको चक्रघट्टीबाट पक्राउ गरेको थियो । उनलाई जनकपुरधामका साधुसन्तहरूले तुरुन्त रिहा गर्न माग गरेका हुन् ।
Weather Update