News Griha :: न्यूजगृह
अर्थतन्त्रमा दबाब छ : ऊर्जामन्त्री बस्नेत

काठमाडौं— ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपालमा विकासको शैली परिवर्तन गर्न आवश्यक रहेको बताएका छन् ।

बिहीबार प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा उनले पछिल्लो दशकमा सरकारले भोगिरहेको आर्थिक दबाबका कारण पनि विकासशैली परिवर्तन जरुरी रहेको बताए ।

‘विकासको मोड्यालिटीमा सुधारको जरुरी छ । अझ पछिल्लो दशकमा हामीले बेहोर्नु परेको केही दबाब छन् । अर्थतन्त्रमा परेको केही दबाब छन् । अर्थतन्त्रको पुनसंरचना कै विषयमा सोच्नुपर्ने अवस्था छ,’ उनले भने ।

योजनाहरू महत्वाकांक्षी भएकी भन्ने प्रश्न उठेका कारण पनि कार्यान्वयनमा ढिलाइ भइरहेको उनको भनाइ छ ।

प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  १६:३९
Weather Update