११ किलो सुन प्रकरणमा थप एक चिनियाँ नागरिक पक्राउ

काठमाडौं— प्रहरीले ११ किलो सुन प्रकरणमा थप एक जना चिनियाँ नागरिक पक्राउ गरेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बुधबार दिउँसो एक जनालाई पक्राउ गरेको हो ।
एसपी नवराज अधिकारीका अनुसार पक्राउ पर्नेमा चीनको सिचुवान घर भई काठमाडौं महानगरपालिका–१५ किमडोल स्वयम्भु बस्ने ६६ वर्षीय तासी दावा भन्ने आगर लामा छन् ।
उनलाई स्वयम्भुबाट पक्राउ गरिएको एसपी अधिकारीले जानकारी दिए । ११ किलो सुन प्रकरणमा अहिलेसम्म ११ जना नै पक्राउ परेका छन् ।
प्रकाशित मिति: बुधबार, असोज १७, २०८० १५:३४