News Griha :: न्यूजगृह
आम आदमी पार्टीका सांसद सञ्जय सिंह पक्राउ
आम आदमी पार्टीका सांसद सञ्जय सिंह पक्राउ भारतको आम आदमी पार्टीका नेता तथा राज्यसभा सांसद सञ्जय सिंहलाई पक्राउ परेका छन् । दिल्लीको कथित मदिरा भ्रष्टाचार प्रकरणमा सोधपुछपछि उनलाई पक्राउ गरिएको हो । भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार प्रवर्तन निर्देशनालय (ईडी)ले सांसद सिंहलाई पक्राउ गरेको हो । ईडीले बुधबार दिल्लीस्थित सिंहको घरमा छापा मारेको थियो ।
धार्मिक, साम्प्रदायिक असहिष्णुता बढिरहेका बेला सुरक्षा परिषद् बैठक, सुरक्षा रणनीतिबारे छलफल
धार्मिक, साम्प्रदायिक असहिष्णुता बढिरहेका बेला सुरक्षा परिषद् बैठक, सुरक्षा रणनीतिबारे छलफल राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा पछिल्ला केही दिनमा देशका केही स्थानहरूमा धार्मिक, साम्प्रदायिक असहिष्णुता बढाउने प्रकृतिका गतिविधि भइरहेको भन्दै न्यूनीकरणका लागि अपनाउनू पर्ने भावी रणनीतिसम्बन्धी विषयमा छलफल भएको छ ।
अमेरिकी डीभी चिठ्ठाको आवेदन आज रातिदेखि खुल्दै, यसरी भर्नुहोस् अनलाइन फारम
अमेरिकी डीभी चिठ्ठाको आवेदन आज रातिदेखि खुल्दै, यसरी भर्नुहोस् अनलाइन फारम यो कार्तिक २१ मा नेपालमा स्थानीय समय अनुसार १०ः४५ बजे बन्द हुनेछ । डिभी चिट्ठामा प्रवेश गर्नका लागि कुनै पनि शुल्क लाग्दैन । अमेरिकी दूतावासले आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन सल्लाह दिएको छ । आवेदनसम्बन्धी सहयोग चाहिएमा परिवारको सदस्य, साथी वा अन्य विश्‍वासिलो व्यक्तिको सहयोग लिनेतर्फ विचार गर्नुहोला, अमेरिकी दूताबासले...
ईपीजी प्रतिवेदन सार्वजनिक गर्न विज्ञको सुझाव 
ईपीजी प्रतिवेदन सार्वजनिक गर्न विज्ञको सुझाव  नेपाल-भारत प्रबुद्ध व्यक्तिहरूको समूह ईपीजीको प्रतिवेदन सार्वजनिक गर्न विज्ञहरूले सुझाव दिएका छन् । राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार समितिको बुधबार बसेको बैठकमा उनीहरूले दुई देशबीचको सीमा निर्धारण प्रक्रियालाई टुङ्गोमा पुर्‍याइ आधिकारिता दिनुपर्ने भनाइ राखेका हुन् ।
साम्प्रदायिक सद्भावमा खलल पुग्ने सामग्री सञ्जालमा पोस्ट नगर्न प्रहरीको अनुरोध, अटेर गरे कारबाही गर्ने चेतावनी
साम्प्रदायिक सद्भावमा खलल पुग्ने सामग्री सञ्जालमा पोस्ट नगर्न प्रहरीको अनुरोध, अटेर गरे कारबाही गर्ने चेतावनी प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जालमा जातीय, धार्मिक र साम्प्रदायिक सदभाव खलल पुग्ने सामग्री पोस्ट नगर्न नराख्न आग्रह गरेको छ । साइबर ब्युरोका प्रहरी उपरीक्षक पशुपतिकुमार रायले बुधबार एक सूचना प्रकाशित गरी त्यस्ता सामग्री प्रकाशन गरेको पाइए कारबाही गर्ने चेतावनी दिएका छन् । 
जल उत्पन्न प्रकोपका इन्जिनियर रानाभाटविरुद्ध भ्रष्टाचार मुद्दा, ३ करोडको बिगो माग
जल उत्पन्न प्रकोपका इन्जिनियर रानाभाटविरुद्ध भ्रष्टाचार मुद्दा, ३ करोडको बिगो माग अख्तियारले २०४६ असार ३० गते सेवा प्रवेश गरेका उनको २०७९ कात्तिक ६ गतेसम्मको आय व्ययको विश्लेषण गरेको थियो । उनको अस्वभाविक जीवनयापन, हैसियत भन्दा बढी रकम बराबरको शेयर, जग्गा खरिद गर्नुका साथै घर बनाएको, बैंक तथा वित्तीय संस्थामा रकम राखेको पाइएको अख्तियारले बताएको छ । 
राष्ट्रसङ्घका महासचिव नेपाल आउँदै
राष्ट्रसङ्घका महासचिव नेपाल आउँदै उनका अनुसार महासचिव एन्टोनियो ३ दिन नेपालमा बस्नेछन् । नेपाल भ्रमणका क्रममा उनले शान्ति प्रक्रियाका विषयमा नेताहरूसँग छलफल गर्नेछन् । त्यस्तै जलवायु परिवर्तन र अति कम विकसित मुलुकका विषयमा पनि छलफल गर्ने नेता गजुरेलले जानकारी दिए । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री प्रचण्ड अमेरिका गएका बेला महासचिव एन्टोनियोलाई नेपाल...
अहिलेको व्यवस्थाको जग ‘जनयुद्ध’ नै हो : सञ्चारमन्त्री शर्मा
अहिलेको व्यवस्थाको जग ‘जनयुद्ध’ नै हो : सञ्चारमन्त्री शर्मा सरकारले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको जग नै ‘जनयुद्ध’ भएको प्रष्ट पारेको छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जनताको अपार समर्थनमा चलेको जनयुद्धका सम्बन्धमा हल्का टिप्पणी गर्न नहुने बताइन् ।
नेपालगञ्जमा कर्फ्यु जारी, सामाजिक सद्‍भाव कायम राख्न प्रशासनको आग्रह
नेपालगञ्जमा कर्फ्यु जारी, सामाजिक सद्‍भाव कायम राख्न प्रशासनको आग्रह जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्‍जमा लगाइएको कर्फ्यु जारी राख्ने निर्णय गरेको छ । बुधबार दिउँसो विज्ञप्ति जारी गर्दै प्रशासनले साे निर्णय गरेकाे हाे ।प्रशासनले सामाजिक सञ्जाल र कुनै पनि माध्यमबाट सामाजिक सद्‍भावमा खलल पुग्ने सामग्री प्रसारण तथा प्रकाशन नगर्न नगराउन पनि अनुरोध छ ।
साढे १० करोड डलर सहुलियत ऋण तथा अनुदान स्वीकार गर्ने सरकारको निर्णय
साढे १० करोड डलर सहुलियत ऋण तथा अनुदान स्वीकार गर्ने सरकारको निर्णय सरकारले नेपाल गुणस्तरीय स्वास्थ्य सेवा प्रणाली कार्यक्रमका लागि विश्व बैंकबाट प्राप्त हुने १० करोड ३८ लाख ४० हजार अमेरिकी डलर सहुलियत ऋण तथा अनुदान स्वीकार गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद् बैठकले गर्‍यो यस्ता निर्णयहरू
मन्त्रिपरिषद् बैठकले गर्‍यो यस्ता निर्णयहरू सरकारले युरोपेली मुलुक जर्मनी र रोमानियासँग द्विपक्षीय श्रम सम्झौता गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई स्वीकृति दिएको छ ।
बझाङ भूकम्पमा घाइतेको उपचार खर्च प्रदेश सरकारले बेहाेर्ने
बझाङ भूकम्पमा घाइतेको उपचार खर्च प्रदेश सरकारले बेहाेर्ने सुदूरपश्चिम प्रदेश सरकारले भूकम्पबाट प्रभावित भई घाइते भएकाको उपचार खर्च बेहोर्ने भएको छ ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा बुधबार बसेको सर्वपक्षीय बैठकमा भूकम्पबाट प्रभावितको उद्धार कार्यलाई प्रभावकारी बनाउँदै प्रभावितलाई तत्काल एकद्वार प्रणालीबाट राहत सामग्री वितरण गर्ने निर्णय भएको छ ।
Weather Update