News Griha :: न्यूजगृह
नेपालगञ्जमा कर्फ्यु जारी, सामाजिक सद्‍भाव कायम राख्न प्रशासनको आग्रह
फाइल तस्बिर

काठमाडौं— जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्‍जमा लगाइएको कर्फ्यु जारी राख्ने निर्णय गरेको छ । बुधबार दिउँसो विज्ञप्ति जारी गर्दै प्रशासनले साे निर्णय गरेकाे हाे ।

प्रशासनले सामाजिक सञ्जाल र कुनै पनि माध्यमबाट सामाजिक सद्‍भावमा खलल पुग्ने सामग्री प्रसारण तथा प्रकाशन नगर्न नगराउन पनि अनुरोध छ ।

‘नेपालगञ्‍जमा धार्मिक तथा सामाजिक सद्भावमा खलल पुग्ने गरी सामाजिक सञ्जाल तथा अन्य माध्यममा कुनै पनि किसिमको लेखेर, बोलेर र श्रव्यदृश्य जस्ता सञ्चार सामग्रीहरु प्रचार–प्रचार नगर्न नगराउन पुनः अनुरोध गर्दै त्यस्ता गतिविधि गरे गराएको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरिनेछ,’ विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  १७:४७
Weather Update