भूकम्पले भत्किएका ७६० सम्पदा पुनःनिर्माण बिहीबार, असोज १८, २०८०

आगामी वर्ष नेपालकाे आर्थिक वृद्धि दर बढ्ने विश्व बैंककाे प्रक्षेपण बिहीबार, असोज १८, २०८० विश्व बैंकले सन् २०२३ मा नेपालको कूल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धि दर एक दशमलव नौ प्रतिशतमा खुम्चिने अनुमान सार्वजनिक गरेको छ ।विश्व बैंकले साउथ एसिया डेभलपमेन्ट अपडेट र नेपाल डेभलपमेन्ट अपडेट, अक्टोबर २०२३ सार्वजनिक गर्दै नेपालको यस वर्षको तुलना आगामी वर्ष आर्थिक वृद्धि दर बढ्ने प्रक्षेपण गरेको हो ।

एमाले गण्डकी अधिवेशन : मतदानबाटै नेतृत्व चुनिँदै बिहीबार, असोज १८, २०८० नेकपा एमाले गण्डकी प्रदेश कमिटिको पहिलो अधिवेशन पोखरामा जारी छ । नयाँ नेतृत्व चयनका लागि सर्वसम्मतको प्रयास असफल भएपछि मतदानद्वारा नेतृत्वको टुंगो लाग्ने भएको छ । पदाधिकारीसहित विभिन्न पदमा आज मतदान हुने निर्वाचन समितिले जनाएको छ ।

८० लाख ठगीमा संलग्न दुई विदेशी नागरिक पक्राउ बिहीबार, असोज १८, २०८० प्रहरीले ठगीमा संलग्न रहेको आरोपमा पाकिस्तानी र अजरबैजनी नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले पाकिस्तानको राहुलपिन्डी घर भई हाल काठमाडौं महानगरपालिका–२६ ठमेल बस्ने ५१ वर्षीय नाजिर मोहम्मद र अजरबैजन घर भई हाल काठमाडौं महानगरपालिका–२६ ठमेल बस्ने ३१ वर्षीया आयसेल हुसेनिललाई पक्राउ गरिएको...

विद्यालय सहायक यादवलाई राहत ! बिहीबार, असोज १८, २०८० जहदा गाउँपालिका, माेरङले विद्यालय सहायक मुकेश कुमार यादवलाई पुनः विद्यालयमा हाजिरी हुन पाउने गरी बुद्देश्वरी माध्यमिक विद्यालय जहदा—१ लाई पत्र पठाएको छ ।

झन्डै तीन अर्बको धुलिखेल अस्पताल सुधार परियोजना कार्यान्वयनका लागि सम्झौता बिहीबार, असोज १८, २०८० धुलिखेल अस्पताल सुधारका लागि नेपाल र जापान सरकारबीच झन्डै तीन अर्ब लागतको धुलिखेल अस्पताल ट्रमा एण्ड इमर्जेन्सी सेन्टर सुधार परियोजना कार्यान्वयनका लागि सम्झौता भएको छ ।

गुण्डा रिगललाई आम माफीविरुद्धको रिट न्यायाधीश शर्माको इजलासमा बिहीबार, असोज १८, २०८० बाँकेको नेपालगञ्जस्थित सुर्खेत रोडमा चेतन मानन्धरलाई खुँडा हानेर हत्या गर्ने मुख्य नाइके रिगल उर्फ योगराज ढकाललाई आममाफी दिने निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको पेसी न्यायाधीश डा.मनोजकुमार शर्माको इजलासमा तोकिएको छ ।

भक्तपुरमा कारको ठक्करबाट एकको मृत्यु बिहीबार, असोज १८, २०८० भक्तपुरमा कारको ठक्करबाट एक जना मृत्यु भएको छ । बिहीबार मध्यपुर थिमि नगरपालिका—९ निकेरास्थित दुवाकोट मोडमा कार र मोटरसाइकल जुध्दा दुर्घटना भएको थियो । साे दुर्घटनामा एककाे मृत्यु भएकाे हाे ।पुरानो थिमी जाँदै गरेको बाग्मती प्रदेश ०२–०४१ प ३३१९ नम्बरको मोटरसाइकल र राधेराधे जाँदै गरेको बा ५ च. २०४९...
बिहीबार तोलामा ४०० ले बढ्यो सुनको मूल्य बिहीबार, असोज १८, २०८० नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको जानकारी दिएको छ ।

नेसपाको महाधिवेशन वैशाखमा बिहीबार, असोज १८, २०८० नेपाल समाजवादी पार्टी (नेसपा) ले आगामी वैशाखमा महाधिवेशन गर्ने निर्णय गरेको छ ।बुधबार सकिएको केन्द्रीय कार्यकारिणी समिति बैठकले वैशाखमा महाधिवेशन गर्ने निर्णय गरेको हो ।

मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा बिहीबार, असोज १८, २०८० दुई दिनदेखि अवरुद्ध राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा आएको छ । निरन्तर वर्षाको कारण सडक माथिदेखि खसेको पहिरोले लोकमार्गअन्तर्गत बाग्लुङको बुर्तिबाङ–पूर्वी रुकुम खण्डको निसीखोला गाउँपालिका–१ पाखुतेमा अवरुद्ध भएको थियो ।

एमाले लुम्बिनी प्रदेशका नेता माओवादी केन्द्रमा प्रवेश बिहीबार, असोज १८, २०८० नेकपा एमालेका लुम्बिनी प्रदेश सचिवालय सदस्य शान्तिदेवी हरिजनसहितका नेताकार्यकर्ता पार्टी परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।प्रधानमन्त्री निवास बालुवाटारमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरी उनीहरु एमाले परित्याग गरी माओवादी केन्द्र प्रवेश गरेका हुन् ।

प्रधानमन्त्री दाहालले लिए सचिव आचार्यको स्वास्थ्य जानकारी बिहीबार, असोज १८, २०८० प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वीर अस्पतालमा उपचाररत पार्टी सचिव डिलाराम आचार्यलाई भेटेका छन् ।








