News Griha :: न्यूजगृह
आममाफीको विषयमा प्रधानमन्त्रीसँग कुरा गर्छु : माधव नेपाल
आममाफीको विषयमा प्रधानमन्त्रीसँग कुरा गर्छु : माधव नेपाल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नेपालगञ्जका चेतन मानन्धरको हत्याका दोषी जेलसजायकै क्रममा आममाफी पाएर रिहा भएका रिगल भनिने योगराज ढकालका बारेमा आफूहरुलाई कुनै जानकारी नदिइ निर्णय गरेको बताएका छन् ।
चाडबाड नजिकिएसँगै तातोपानी नाकामा बढ्यो चहलपहल
चाडबाड नजिकिएसँगै तातोपानी नाकामा बढ्यो चहलपहल दसैँ, तिहारलगायतका चाडपर्वलाई लक्षित गरेर व्यापारीले चीनबाट सामान आयात गर्न थालेपछि तातोपानी नाकामा चहलपहल बढ्दै गएको छ । 
दार्चुलाको राताकाठा भीरमा मिनिट्रक  दुर्घटना, एकको मृत्यु
दार्चुलाको राताकाठा भीरमा मिनिट्रक  दुर्घटना, एकको मृत्यु दुहु गाउँपालिका–३ राताकाठा भीरमा मिनिट्रक दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।
भ्रष्टाचार, महंगी बढेको भन्दै सरकारमाथि खनिए सांसद
भ्रष्टाचार, महंगी बढेको भन्दै सरकारमाथि खनिए सांसद राष्ट्रिय सभाको बिहीबारको बैठकमा भ्रष्टाचार र महंगी बढेको भन्दै सांसदहरू सरकारमाथि खनिएका छन् । बैठकको विशेष समयमा सांसद बीना पोख्रेलले भ्रष्टाचारदिनप्रतिदिन मौलाउँदै गइरहेको भन्दै सेवाका निम्ति पदभन्दा पनि पैसाका निम्ति पद भन्ने प्रवृत्ति बढ्दै गएको बताइन् ।  
धर्मगुरु श्रीनिवासविरुद्ध धनुषा प्रशासनमा मुद्दा दर्ता
धर्मगुरु श्रीनिवासविरुद्ध धनुषा प्रशासनमा मुद्दा दर्ता  धार्मिक सद्भाव खलबलिने अभिव्यक्ति दिएको आरोपमा सुनसरीमा  मंगलबार पक्राउ परेका धर्मगुरु आचार्य श्रीनिवासविरुद्ध मुद्दा दर्ता भएको छ ।
रेष्टुरेन्ट र हवाइजहाज चलाउने एउटै ऐन हुँदा समस्या : मन्त्री किराती
रेष्टुरेन्ट र हवाइजहाज चलाउने एउटै ऐन हुँदा समस्या : मन्त्री किराती संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपालमा रेष्टुरेन्ट चलाउने ऐन र हवाइजहाज चलाउने ऐन एउटै भएको बताएका छन् । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा बिहीबार भएको छलफलमा उनले हवाई कम्पनी वा हवाई क्षेत्रमा धेरै संकट भएको उल्लेख गरे ।
रिगललाई आममाफी दिएकोमा गगनले मागे सरकारसँग जवाफ, कानुन नै सच्याउन आग्रह
रिगललाई आममाफी दिएकोमा गगनले मागे सरकारसँग जवाफ, कानुन नै सच्याउन आग्रह  नेपाली कांग्रेसका सांसद गगन थापाले चेतन मानन्धरको हत्यामा जेल परेका बाँकेका रिगल भनिने गुण्डा योगराज ढकाललाई सरकारको सिफारिसमा राष्ट्रपतिबाट भएकाे आममाफीबारे बिहीबार संसद् बैठकमा सरकारसँग जवाफ माग गरेका छन् ।थापाले बैठकमा बोल्दै कानुनका छिद्र प्रयोग गर्दै आममाफी दिने प्रवृत्ति रोक्नुपर्ने बताएका हुन् । सरकार जवाफदेही हुनुपर्ने उनले बताए ।
सांसद प्रदीप पौडेलले भने— सबै कुराको मूल्य बढ्यो, सरकारको लोकप्रियता मात्रै बढेन
सांसद प्रदीप पौडेलले भने— सबै कुराको मूल्य बढ्यो, सरकारको लोकप्रियता मात्रै बढेन देश आर्थिक मन्दीले थलिएको भन्दै पौडेलले बजारमा ३५ प्रतिशत सटर बन्द भएको अवस्था रहेको बताए । सरकारले मूल्यवृद्धि ७ प्रतिशतमा सीमित राख्ने घोषणा गरे पनि आम जनतालाई मारपर्ने गरी चर्को मूल्यवृद्धि भएको उनले बताए ।
कोशीका मुख्यमन्त्री कार्कीले शनिबार विश्वासको मत लिने
कोशीका मुख्यमन्त्री कार्कीले शनिबार विश्वासको मत लिने सर्वोच्च अदालतको परमादेशबाट गत भदौ २२ गते मुख्यमन्त्री नियुक्त भएका नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले आगामी शनिबार विश्वासको मत लिने भएका छन् ।विश्वासको मत लिने दिन नजिकिए पनि उनले बहुमत सदस्यको साथ पाउने निश्चित देखिएको छैन । कोशी प्रदेशको प्रदेश सभा बैठक हिजो बसेको थियो...
शिशु जन्माउन नसकेपछि गर्भवतीकाे हेलिकोप्टरमार्फत उद्धार
शिशु जन्माउन नसकेपछि गर्भवतीकाे हेलिकोप्टरमार्फत उद्धार  हिमाली जिल्ला हुम्लाबाट सुत्केरी व्यथा लागेर  थला परेकी महिलालाई १७ घण्टापछि नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । व्यथा लागेर थला परेकी अदानचुली गाउँपालिका–४ की २३ वर्षीया राजकला ढकाल (पाण्डे)लाई हेलिकोप्टरबाट उद्धार गरेर कालागाउँस्थित सुर्खेत प्रदेश अस्पतालमा बिहीबार बिहान पुर्‍याइएको सोही गाउँपालिकाका स्वास्थ्यशाखा प्रमुख हङ्सबहादुर महताराले बताए ।
एसियाली खेलकुदमा सहभागी भएर स्वदेश फर्कियो राष्ट्रिय क्रिकेट टोली
एसियाली खेलकुदमा सहभागी भएर स्वदेश फर्कियो राष्ट्रिय क्रिकेट टोली नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । १९औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागी नेपाली क्रिकेट टोली बिहीबार स्वदेश फर्किएको हो ।
Weather Update