News Griha :: न्यूजगृह
नेपालगञ्जमा फेरि कर्फ्यु
नेपालगञ्जमा फेरि कर्फ्यु नेपालगञ्जमा फेरि कर्फ्यु लगाइएको छ । सामाजिक सञ्जालमा लेखिएको विषयलाई लिएर पुनः विवाद उत्पन्न भएपछि शुक्रबार जिल्ला प्रशासन कार्यालय बाँकेले एक सूचना जारी गर्दै फेरि कर्फ्यु लगाइएको जानकारी दिएको हो । सञ्जालमा लेखिएको विषयलाई लिएर उत्पन्न विवादका कारण शुक्रबार बिहान ६ बजेदेखि राति ८ बजेसम्म नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्र निषेधाज्ञा जारी...
आफैँलाई गोली हानेर घाइते भएकी शर्मिलाको मृत्यु 
आफैँलाई गोली हानेर घाइते भएकी शर्मिलाको मृत्यु  गोली लागेर घाइते भएकी नेपाल प्रहरीका एक जना पूर्वप्रहरी महानिरीक्षकका निजी सुरक्षा अधिकृतकी श्रीमतीको उपचारको क्रममा मृत्यु भएको छ ।
हेर्नुहोस् मावि लाइसेन्सको नतिजा
हेर्नुहोस् मावि लाइसेन्सको नतिजा शिक्षक सेवा आयोगले माध्यमिक तहको अध्यापन अनुमतिपत्र (लाइसेन्स) परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
प्रतिनिधि सभाको बैठक बस्दै
प्रतिनिधि सभाको बैठक बस्दै काठमाडौं प्रतिनिधि सभाको बैठक शुक्रबार पनि बस्दैछ । शुक्रबार बानेश्वरस्थित संसद् भवनमा बिहान ११ बजे बस्ने भएको छ ।बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले विद्यालय शिक्षा विधेयक, २०५० माथि विचार गरियोस  भनी प्रस्ताव पेश गर्ने कार्यसूची छ ।
यस्तो छ शुक्रबार तपाईंको राशिफल
यस्तो छ शुक्रबार तपाईंको राशिफल असोज १९ गते शुक्रबार । असोज कृष्ण सप्तमी ।  पञ्चाङ्ग परिधि बव आर्द्रा । महालक्ष्मी व्रत समाप्ति । अष्टमी श्राद्ध । विश्व मुस्कान दिवस । तपाईंको राशिफल हेर्नुस् । 
एमाले उपत्यका विशेष प्रदेश कमिटीको अधिवेशन आजदेखि
एमाले उपत्यका विशेष प्रदेश कमिटीको अधिवेशन आजदेखि नेकपा एमालेको उपत्यका विशेष प्रदेश कमिटीको प्रथम अधिवेशन शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ । पूर्वनिर्धारित तालिका अनुसार गैरभौगोलिक र बुद्धीजीवी–कर्मचारी क्षेत्रका सदस्य आबद्ध यस प्रदेश कमिटीको अधिवेशन हुन लागेको हो । 
असल चालचलन भएका कैदी अब जेलबाहिरै बस्न पाउने
असल चालचलन भएका कैदी अब जेलबाहिरै बस्न पाउने प्यारोल सुविधा प्राप्त गर्नका लागि कैदीहरूको असल चालचलन भएरमात्र पुग्दैन। उनीहरूले तोकिएको सजायको दुई तिहाइ कैद भुक्तानी गरेको हुनुपर्ने र त्यस्ता कैदीहरूको जेल सजाय एक वर्षभन्दा बढी समय तोकिएको हुनुपर्छ। यी मापदण्ड पुगेपछि मात्र प्यारोल अधिकृतको सिफारिसमा कैदीहरूले बाँकी एक तिहाइ कैद सजाय घर वा समाजमा बसेर भुक्तानी गर्न पाउँछन्...
बढ्यो पाउण्ड र युरोको मूल्य
बढ्यो पाउण्ड र युरोको मूल्य जसका अनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९१ पैसा र बिक्री दर १३३ रुपैयाँ ५१ पैसा पुगेको छ भने, युरो एकको खरिद दर १३९ रुपैयाँ ८२ पैसा र बिक्री दर १४० रुपैयाँ ४५ पैसा रहेको छ ।
आज हल्का वर्षाको सम्भावना
आज हल्का वर्षाको सम्भावना बिहान कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि सामान्यतया सफा रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । 
एमाले गण्डकी अध्यक्षमा नवराज शर्मा विजयी
एमाले गण्डकी अध्यक्षमा नवराज शर्मा विजयी नेकपा एमाले गण्डकी अध्यक्षमा म्यादीका नवराज शर्मा विजयी भएका छन् । उनी उपमहासचिव पृथ्वीसुब्बा गुरूङ पक्षका हुन् । शर्माले ५ सय ३१ मत प्राप्त गरे भने प्रतिस्पर्धी मायानाथ अधिकारीले ३ सय ६५ ल्याएको मुख्य निर्वाचन अधिकृत सुरेन्द्र थापा मगरले बताए । अधिकारी स्थायी कमिटी सदस्य खगराज अधिकारी पक्षका हुन् ।
आगामी वर्ष नेपालको आर्थिक वृद्धिदर बढ्ने
आगामी वर्ष नेपालको आर्थिक वृद्धिदर बढ्ने विश्व बैंकले आगामी वर्षमा नेपालको आर्थिक वृद्धिदर विस्तार हुने अनुमान गरेको छ । बिहीबार काठमाडौंमा दक्षिण एसियाली विकास अपडेट र नेपाल विकास अपडेट २०२३ सार्वजनिक गर्दै विश्व बैंकले सन् २०२४ मा नेपालको आर्थिक वृद्धिदर तीन दशमलव नौ प्रतिशत रहने प्रक्षेपण गरेको हो ।  यस वर्ष भने नेपालको कुल गार्हस्थ्य वृद्धिदर...
नेपाल एअरलाइन्सले अष्ट्रेलिया, कोलम्बो र सिओल उडान गर्ने
नेपाल एअरलाइन्सले अष्ट्रेलिया, कोलम्बो र सिओल उडान गर्ने राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स)ले अष्ट्रेलियाको सिड्नी, श्रीलङ्काको कोलम्बो र दक्षिण कोरियाको सिओलमा सिधा हवाई उडान सञ्चालन गर्ने भएको छ । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले छिट्टै सिड्नी, कोलम्बो र सिओलमा उडान भर्ने गरी कार्ययोजना बनाइएको जानकारी दिए ।
Weather Update