News Griha :: न्यूजगृह
विवादास्पद धर्मगुरु आचार्य श्रीनिवास रिहा
विवादास्पद धर्मगुरु आचार्य श्रीनिवास रिहा उत्तेजक अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेका हिन्दु धर्मगुरु आचार्य श्रीनिवास रिहा भएका छन् । जिल्ला प्रशासन कार्यालयले सार्वजनिक शान्तिविरुद्धको कसुरमा उनलाई ५०० रुपैयाँ जरिवाना तिराएर रिहा गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ ।
नेपाल वायुसेवा निगम र निजी क्षेत्रबीच सहकार्य पक्का
नेपाल वायुसेवा निगम र निजी क्षेत्रबीच सहकार्य पक्का नेपाल वायुसेवा निगमले निजी क्षेत्रसँग सहकार्य गर्ने भएको छ । बिहीबार काठमाडौंमा कार्यक्रम आयोजना गरी नेपाल वायुसेवा निगम र चार निजी क्षेत्रबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
पुल्चोकका निमित्त क्याम्पस प्रमुख र विभाग प्रमुखहरूले दिए सामूहिक राजीनामा
पुल्चोकका निमित्त क्याम्पस प्रमुख र विभाग प्रमुखहरूले दिए सामूहिक राजीनामा निमित्त क्याम्पस प्रमुख लोकनाथ रेग्मीको अध्यक्षतामा बसेको सहायक क्याम्पस प्रमुखहरू, विभागीय प्रमुख र उपप्रमुख, एमएस्सी कोर्डिनेटर, निर्देशक र प्रशासन प्रमुखले सामूहिक राजीनामा दिने निर्णय गरेको हो ।
बचतकर्ताको ४ करोड रुपैयाँ हिनामिना गर्ने सहकारी सञ्चालक पक्राउ
बचतकर्ताको ४ करोड रुपैयाँ हिनामिना गर्ने सहकारी सञ्चालक पक्राउ सीआईबीका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार चौलागाईँले निक्षेपकर्ताहरूको पैसा हिनामिना गरेका हुन् । एसपी अधिकारीका अनुसार चौलागाईँले ४ करोड ४९ लाख ९९ हजार ४ सय ४३ रुपैयाँ ठगी गरेका छन् । उनले निक्षेपकर्ताहरूलाई आकर्षक ब्याजदर दिन्छु भनी प्रलोभन देखाई निक्षेपकर्ताको रकम सहकारी मुद्दती, निक्षेप, आवधिक बचत, शेयर तथा विभिन्न बचत...
क्रिकेटर दीपेन्द्रसिंह ऐरी सहायक हवल्दारमा बढुवा
क्रिकेटर दीपेन्द्रसिंह ऐरी सहायक हवल्दारमा बढुवा गत असोज १० गते एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटको आफ्नो पहिलो खेलमा नेपालले मंगोलियाविरूद्ध कीर्तिमानको ओइरो लगाएको थियो। उक्त खेलमा दीपेन्द्रसिंह ऐरीले ९ बलमा अर्धशतक प्रहार गर्दै विश्व कीर्तिमान बनाएका थिए ।
मावि लाईसेन्सको नतिजा नयाँ तरिकाले हेर्न सकिने 
मावि लाईसेन्सको नतिजा नयाँ तरिकाले हेर्न सकिने   शिक्षक सेवा आयोगले माध्यमिक तहको अध्यापन अनुमतिपत्र (लाईसेन्स) को नतिजा नयाँ तरिकाले हेर्न सक्ने बनाएको छ ।
संक्रमणकालीन न्यायको विषयमा सत्तापक्ष नै गम्भीर भएन : एमाले सचेतक बर्तौला
संक्रमणकालीन न्यायको विषयमा सत्तापक्ष नै गम्भीर भएन : एमाले सचेतक बर्तौला नेकपा एमालेका सचेतक महेश बर्तौलाले संक्रमणकालीन न्यायको विषय टुङ्ग्याउन नदिन राजनीतिक चलखेल हुन थालेको भन्दै सचेत गराएका छन् ।बिहीबार प्रतिनिधि सभा बैठकमा सचेतक बर्तौलाले १७ वर्षदखि थाती रहेको शान्ति प्रक्रिया र संक्रकणकालीन न्यायको विषयलाई टुङ्ग्याउनका लागि उपयुक्त विधेयक निर्माण गर्ने काम गरिरहेको बेला राजनीतिक रुपबाट वातावरण बिगार्ने प्रयास भइरहेको...
रिगललाई आममाफीमा सर्वोच्चले माग्यो सरकारसँग जवाफ
रिगललाई आममाफीमा सर्वोच्चले माग्यो सरकारसँग जवाफ सर्वोच्च अदालतले बाँकेको नेपालगञ्जका चेतन मानन्धरलाई खुँडा हानेर हत्या गर्ने मुख्य नाइके रिगल उर्फ योगराज ढकाललाई संविधान दिवसमा आममाफी दिएकोमा सरकारसँग जवाफ माग गरेको छ ।
यही चाला हो भने १० वर्षमा देश रित्तै हुन्छ : चित्रबहादुर केसी
यही चाला हो भने १० वर्षमा देश रित्तै हुन्छ : चित्रबहादुर केसी राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले १०–२० वर्षमा मुलुक रित्तिने अवस्था आएको बताएका छन् ।
चिकित्सकको सुरक्षाबारे के भन्छन् प्रधानमन्त्री ? 
चिकित्सकको सुरक्षाबारे के भन्छन् प्रधानमन्त्री ?  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनताको उपचारमा सक्रिय स्वास्थ्यकर्मीको पेसागत सुरक्षा, हित र वृत्तिविकासमा सरकार सचेत र गम्भीर रहेको बताएका छन् ।
सापकोटाको प्रश्न— जनयुद्धका घाइते गोली बोकेको शरीर लिएर सडकमा उत्रिनु पर्ने हो ?
सापकोटाको प्रश्न— जनयुद्धका घाइते गोली बोकेको शरीर लिएर सडकमा उत्रिनु पर्ने हो ? नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले विपक्षी दलका नेतालाई संसदमा दिएको अभिव्यक्ति पुनर्विचार गर्न आग्रह गरेका छन् ।बुधबार प्रतिनिधि सभाको बैठकमा उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्तिले समाजमा भड्किरहेको अराजकता थप चर्काउने भन्दै आफ्नो भनाइमा पुर्नविचार गर्नुपर्ने बताए ।
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्न सांसदको आग्रह
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्न सांसदको आग्रह प्रतिनिधि सभाका सांसदले धार्मिक र सामाजिक सद्भभावमा खलल हुन नदिन समाजका सबै पक्ष सजग हुनुपर्नेमा जोड दिएका छन् । 
Weather Update