हेर्नुहोस् मावि लाइसेन्सको नतिजा

काठमाडौं— शिक्षक सेवा आयोगले माध्यमिक तहको अध्यापन अनुमतिपत्र (लाइसेन्स) परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
आयोगले गत भदौ २३ गते सञ्चालन गरेको उक्त तहको परीक्षाको नतिजा प्रदेशगत रुपमा बिहीबार सार्वजनिक गरेको हो ।
मावि लाइसेन्स परीक्षामा ४९.५५ प्रतिशत परीक्षार्थी मात्र उत्तीर्ण भएका छन् । कुल ४९ हजार १७० परीक्षामा सहभागी भएकोमा २४ हजार ३३६ जना उत्तीर्ण भएका छन् ।
प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८० ०८:०७













