आफैँलाई गोली हानेर घाइते भएकी शर्मिलाको मृत्यु

काठमाडौं— गोली लागेर घाइते भएकी नेपाल प्रहरीका एक जना पूर्वप्रहरी महानिरीक्षकका निजी सुरक्षा अधिकृतकी श्रीमतीको उपचारको क्रममा मृत्यु भएको छ ।
सहायक निरीक्षक (असई) लक्ष्मण चौधरीकी श्रीमती शर्मिलाको नेपाल प्रहरी अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।
उनी गोली लागेको अवस्थामा ९ दिनअघि निवास मै फेला परेकी थिइन् । असई चौधरी घरमा नभएका बेला पत्नी शर्मिलाले आफैँलाई गोली हानेको आशंका प्रहरीको छ । यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८० ०८:३७













