बिहीबार तोलामा ४०० ले बढ्यो सुनको मूल्य
काठमाडौं— नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको जानकारी दिएको छ ।
महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा १ लाख ७ हजार ३०० रुपैयाँ छ ।
यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ६ हजार ८०० रुपैयाँ छ । बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६ हजार ९०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ६ हजार ४०० रुपैयाँ थियो ।
यस्तै, आज चाँदीको मूल्य भने लगातार तेस्रो दिन स्थिर कायम छ । महासंघले आज चाँदीको मूल्य प्रतितोला १३ सय १० रुपैयाँ रहेको जानकारी दिएको छ । बुधबार र मंगलबार समेत यही मूल्यमा चाँदीको कारोबार भएको थियो ।
प्रकाशित मिति: बिहीबार, असोज १८, २०८० ११:३५