
काठमाडौं— धुलिखेल अस्पताल सुधारका लागि नेपाल र जापान सरकारबीच झन्डै तीन अर्ब लागतको धुलिखेल अस्पताल ट्रमा एण्ड इमर्जेन्सी सेन्टर सुधार परियोजना कार्यान्वयनका लागि सम्झौता भएको छ ।
नेपाल सरकार र जापान सरकारबीच धुलिखेल अस्पताल ट्रमा एण्ड इमर्जेन्सी सेन्टर सुधार परियोजना कार्यान्वयनका लागि ३२९ करोड ६० लाख (लगभग २ अर्ब ९५ करोड रुपैयाँ) को अनुदान सहयोग खर्च गर्ने सम्झौतामा आज हस्ताक्षर भएको हो ।
बिहीबार अर्थ मन्त्रालयमा भएको उक्त कार्यक्रममा नेपाल सरकारका तर्फबाट अर्थ मन्त्रालयका सचिव डा.कृष्ण हरि पुष्कर र जापान सरकारका तर्फबाट नेपालका लागि जापानका राजदूत किकुता युताकाले हस्ताक्षर गरेका छन् ।
यस्तै अनुदान सम्झौतामा नेपाल सरकार र जाइकाका तर्फबाट क्रमशः अर्थ मन्त्रालय महाशाखाका सहसचिव अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय समिति श्रीकृष्ण नेपाल र जाइका नेपाल कार्यालयका प्रमुख प्रतिनिधि ओकुबो अकिमित्सुले हस्ताक्षर गरेका छन् ।
यो परियोजनाले तीव्र गतिमा बढ्दो आघात र सङ्क्रमणका लागि चिकित्सा सेवालाई सुदृढ पार्ने लक्ष्य राखेको छ ।