News Griha :: न्यूजगृह
धार्मिक, साम्प्रदायिक असहिष्णुता बढिरहेका बेला सुरक्षा परिषद् बैठक, सुरक्षा रणनीतिबारे छलफल

काठमाडौं— राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा पछिल्ला केही दिनमा देशका केही स्थानहरूमा धार्मिक, साम्प्रदायिक असहिष्णुता बढाउने प्रकृतिका गतिविधि भइरहेको भन्दै न्यूनीकरणका लागि अपनाउनू पर्ने भावी रणनीतिसम्बन्धी विषयमा छलफल भएको छ ।

सिंहदरबारस्थित राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बुधबार बसेको परिषद् बैठकमा विभिन्न प्रदेशको सुरक्षा स्थिति, बढ्दो सामाजिक सञ्जालको दुरुपयोग लगायतका राष्ट्रिय सुरक्षासँग सम्बन्धित विषय र घटना तथा त्यसको समाधान र न्यूनीकरणका लागि अपनाउनुपर्ने भावी रणनीतिसम्बन्धी छलफल भएको छ ।

बैठकमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री, अर्थमन्त्री, परराष्ट्रमन्त्री, राष्ट्रिय सुरक्षा सल्लाहकार, मुख्यसचिव, प्रधानसेनापति र रक्षा सचिवको उपस्थितिमा वर्तमान अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा वातावरणसम्बन्धी समीक्षासमेत भएको परिषद्ले जनाएको छ ।   

प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  १९:४६
Weather Update