अपडेट
बझाङ भूकम्पमा परी घाइते हुनेको संख्या १३ पुग्यो [अपडेट]
![बझाङ भूकम्पमा परी घाइते हुनेको संख्या १३ पुग्यो [अपडेट]](https://newsgriha.com/uploads/posts/bajhang-earthqu-1696337593.jpg)
काठमाडौं— बझाङमा गएको भूकम्पमा परि १३ जना घाइते भएका छन् ।
जिल्लाका विभिन्न स्थानीय तहमा गरी १३ जना घाइते भएको विवरण आएको जिल्ला प्रहरी प्रमुख डीएसपी भरतबहादुर शाहले जानकारी दिए । उनीहरूको अवस्था सामान्य रहेको र स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको उनले बताए ।
भूकम्पका कारण जिल्लाका २० भन्दा बढी संरचना भत्किएका छन् । बझाङलाई केन्द्रबिन्दु बनाएर मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा ५.३ रेक्टर स्केलको भूकम्प गएको थियो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ३ बजेर ४५ मिनेट र ४ बजेर २८ मिनेटमा ४.१ रेक्टर स्केलका तथा ४ बजेर ३१ मिनेटमा ४.३ रेक्टर स्केलको र बेलुकी ५ बजेर १९ मिनेटमा ५ रेक्टरको भूकम्प गएको छ ।
प्रकाशित मिति: मंगलबार, असोज १६, २०८० १८:४१