बझाङ भूकम्प : प्रभावितको उद्धार र राहतमा ध्यान दिन रास्वपाको माग

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीले बझाङ भूकम्पका प्रभावितलाई उद्धार र राहत उपलब्ध गराउन सरकारलाई माग गरेको छ।
मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा समय लिएर बोल्दै रास्वपा सचेतक निशा डाँगीले बझाङ भूकम्प प्रभावितको उद्धार गर्न र राहत उपलब्ध गराउन माग गरेकी हुन् ।
उनले भनिन्, ‘सदन चलिरहँदा बझाङमा ५.३ रेक्टरस्केलको भूकम्प गएको छ । उक्त भूकम्पको कारण धेरै घर र विद्यालय समेत भत्किएको जानकारी आएको छ । जयपृथ्वी राजमार्ग पनि अवरूद्ध भएको छ भने पहिरो पनि गएको छ । नेपाल सरकार र सम्बन्धित निकायलाई विपद् व्यवस्थापनको टिमसहित उद्धार कार्य गर्न र पीडितलाई राहतको लागि जोडदार माग गर्दछु । ’
प्रकाशित मिति: मंगलबार, असोज १६, २०८० १८:२१













