भारतविरुद्धको खेलमा नेपाललाई दोस्रो सफलता मंगलबार, असोज १६, २०८०

दीपेन्द्रले लिए भारतको पहिलो विकेट मंगलबार, असोज १६, २०८० दीपेन्द्रले भारतका कप्तान ऋतुराज गायकवाडलाई १० औँ ओभरको पाँचौ बलमा कप्तान रोहितबाट डिप मिडविकेटमा क्याचआउट गराए । दीपेन्द्रले आक्रामक सुरुआत गरेको भारतको १०३ रनको साझेदारी तोडेका छन् ।

मलद्वारमा लुकाएर लागूऔषध ओसारपसार गर्ने ५ जना पक्राउ मंगलबार, असोज १६, २०८० चौदण्डीगढी नगरपालिका-६ बेलटारबाट सोमबार प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय बेल्टारका अनुसार चौदण्डीगढी नरपालिका-६ का विनोद राई, विदुर राई, विशाल राई, मनोज राई र प्रवेश चौहान पक्राउ परेका छन्।

आज मंगल चौथी व्रत, यस्तो छ तपाईंको राशिफल मंगलबार, असोज १६, २०८० असोज १६ गते मंगलबार । असोज कृष्ण चतुर्थी तिथि । पञ्चाङ्ग बज्र बालव कृत्तिका । मंगल चौथी व्रत । पञ्चमी श्राद्ध । राशिफल हेर्नुहोस् ।

एसियाली खेलकुदमा नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै भारत मंगलबार, असोज १६, २०८० चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगितामा पुरुष क्रिकेटको क्वाटरफाइनलमा मंगलबार नेपालले भारतको सामना गर्दैछ । सोमबार भएको ‘ड्र’ मा नेपालले भारतलाई प्रतिद्वन्द्वीका रूपमा पाएको हो ।

आज बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना मंगलबार, असोज १६, २०८० हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा अवस्थित छ । साथै नेपालमा हाल भारतको दक्षिणपश्चिम बिहार र उत्तर छत्तीसगण आसपासको क्षेत्रमा रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव छ । जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रही गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान...

एमाले कोशी अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित मंगलबार, असोज १६, २०८० नेकपा एमाले कोशी प्रदेशको अध्यक्षमा मोरङका घनश्याम खतिवडा निर्वाचित भएका छन् । खतिवडाले अध्यक्षका अर्का प्रत्यासी विनोद ढकाललाई पराजित गरेका हुन्। सोमबार राति अबेर सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार खतिवडा र ढकालबीचकोे मतान्तर ८२ छ । विजयी भएका खतिवडाले ५१२ मत प्राप्त गरे । ढकालले ४३० मत प्राप्त गरे ।

विदेशी विनिमय अपचलनमा चार जनाविरुद्ध १५ करोड बिगो कायम गरी मुद्दा सोमबार, असोज १५, २०८० राजस्व अनुसन्धान विभागले अवैध कारोबार गर्ने चार जनाविरुद्ध १५ करोड बढी बिगो कायम गरी सोमबार जिल्ला अदालत सिरहामा मुद्दा दर्ता गरेको छ । विभागले सिरहाको माडर बस्ने ४७ वर्षका प्रेमकुमार यादव, सञ्जयकुमार साह, पवनकुमार यादव र ४० वर्षका अरुण यादवविरुद्ध विदेशी विनिमय अपचलन गरी अवैध कारोबार गरेको आरोपमा मुद्दा दर्ता...

भ्रष्टाचारविरुद्धको अनुसन्धानमा सरकारलाई सघाउँछौँ : एमाले महासचिव पोखरेल सोमबार, असोज १५, २०८० नेकपा एमाले महासचिव शङ्कर पोखरेलले भ्रष्टाचारविरुद्धको अनुसन्धानमा सरकारलाई सहयोग गर्न पार्टी तयार रहेको बताएका छन् ।एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनको सोमबार पोखरामा उद्घाटन गर्दै उनले एमाले कै दबाबमा सुन तस्करी प्रकरणको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन आयोग गठन भएको दाबी गरे ।

बौद्धिक अपांगता भएकी महिलालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ सोमबार, असोज १५, २०८० बौद्धिक अपांगता भएकी ३१ वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा गोरखा नगरपालिका– ४ का ४२ वर्षीय दीपकबहादुर बानियाँलाई प्रहरीले पक्राउ गरेको छ । भदौ २१ गते विवाह गर्छु भनी ललाइफकाइ जबर्जस्ती करणी गरेको भन्दै पीडितका आफन्तमार्फत जाहेरीका आधारमा आरोपितलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

नक्कली कागजात पेस गरी जापान पठाउने १४ म्यानपावर निलम्बित सोमबार, असोज १५, २०८० नक्कली कागजात पेस गरी श्रम स्वीकृति लिई जापानमा प्रशिक्षार्थी कामदार पठाउने १४ म्यानपावर कम्पनीलाई वैदेशिक रोजगार विभागले सोमबार निलम्बन गरेको छ । विभागका महानिर्देशक मदन दाहालले तालिमको शंकास्पद प्रमाणपत्रमाथि भएको प्रारम्भिक अनुसन्धानबाट संलग्नता देखिएको भन्दै १४ म्यानपावर कम्पनीलाई निलम्बन गर्ने निर्णय गरेका हुन् ।

चितुवाको छालासहित पाँच जना पक्राउ सोमबार, असोज १५, २०८० केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले चितुवाको छालासहित ललितपुर महानगरपालिका-१५ बाट पाँच जनालाई आइतबार पक्राउ गरेको एसपी नवराज अधिकारीले जानकारी दिए ।

एमसीसी परियोजना कार्यान्वयनमा शङ्का नगर्न मन्त्री ज्वालाको आग्रह सोमबार, असोज १५, २०८० भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा शिष्टाचार भेटका लागि पुगेको अमेरिकी सहयोग परियोजना एमसीसी प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइट नेतृत्वको प्रतिनिधिमण्डललाई मन्त्री ज्वालाले परियोजना कार्यान्वयनमा शङ्का नगर्न आग्रह गरेका हुन् ।









