दीपेन्द्रले लिए भारतको पहिलो विकेट

काठमाडौं— १९औँ एसियाड अन्तर्गत पुरुष क्रिकेट क्वाटरफाइनलमा भारतविरुद्ध दीपेन्द्र सिंह ऐरीले नेपाललाई पहिलो सफलता दिलाएका छन् ।
दीपेन्द्रले भारतका कप्तान ऋतुराज गायकवाडलाई १० औँ ओभरको पाँचौ बलमा कप्तान रोहितबाट डिपमिडविकेटमा क्याचआउट गराए । दीपेन्द्रले आक्रामक सुरुआत गरेको भारतको १०३ रनको साझेदारी तोडेका छन् ।
प्रकाशित मिति: मंगलबार, असोज १६, २०८० ०७:३९