News Griha :: न्यूजगृह
चितुवाको छालासहित पाँच जना पक्राउ

काठमाडौं— चितुवाको छालासहित पाँच जना पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले चितुवाको छालासहित ललितपुर महानगरपालिका-१५ बाट पाँच जनालाई आइतबार पक्राउ गरेको एसपी नवराज अधिकारीले जानकारी दिए ।

वन्यजन्तुको आखेटोपहार अवैध रूपमा ओसारपसार तथा खरिद बिक्री गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा सीआईबीको टोली खटिएको थियो ।

भोजपुरको आमचोक गाउँपालिका-४ का ३९ वर्षीय लक्ष्मण विश्वकर्मा, २० वर्षीय विनोद कालिकोटे, रामेछापको रामेछाप नगरपालिका-४ का ३४ वर्षीय दलबहादुर आले मगर, धादिङको गल्छी गाउँपालिका-८ बस्ने २८ वर्षीय उमेश दूधराज र २० वर्षीय प्रेमबहादुर बिक पक्राउ परेका छन् ।

प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  २०:००
Weather Update