News Griha :: न्यूजगृह
एक करोड बढी घोटालाको आरोप लागेका असई कार्की दोषी ठहर
एक करोड बढी घोटालाको आरोप लागेका असई कार्की दोषी ठहर नेपाल प्रहरीको पेट्रोल पम्पमा एक करोड बढी घोटाला गरेको आरोप लागेका सहायक निरीक्षक (असई) दिलिप कार्की दोषी ठहर भएका छन् । विशेष अदालतका सदस्यत्रय न्यायाधीश यमुना भट्टराई, शालिग्राम कोइराला र बलभद्र बास्तोलाको संयुक्त इजलासले कार्कीलाई सोमबार दोषी ठहर गरेको हो ।
अख्तियार प्रतिवेदन : एक वर्षमा झण्डै २१ हजार उजुरी
अख्तियार प्रतिवेदन : एक वर्षमा झण्डै २१ हजार उजुरी आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले राष्ट्रपतिको कार्यालयमा सोमबार वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।  आयोगका अनुसार गत आर्थिक वर्ष २०७९/८० मा एक सय ६२ मुद्दामा सात सय ६६ जनालाई प्रतिवादी बनाइ मुद्दा दायर गरिएको छ । प्रतिवादीमध्ये छ सय २२ जना पुरुष र एक सय ३८ महिला छन् । 
अनमोलले फिल्म ‘रावायण’का निर्मातालाई फिर्ता गरे १० लाख
अनमोलले फिल्म ‘रावायण’का निर्मातालाई फिर्ता गरे १० लाख आर्थिक लेनदेन विवादको मुद्दामा पक्राउ परेर आइतबार रिहा भएका अभिनेता केसीले सोमबार निर्मात्री सुप्रिया (चन्द्रकला) कटुवालको नाममा चेक काटेर रकम फिर्ता गरेका हुन् ।
व्यक्तिगत र नेतृत्वको स्वार्थले जनताले आशा गरेअनुसार काम भएन : स्वास्थ्यमन्त्री बस्नेत
व्यक्तिगत र नेतृत्वको स्वार्थले जनताले आशा गरेअनुसार काम भएन : स्वास्थ्यमन्त्री बस्नेत स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले व्यक्तिगत र नेतृत्वको स्वार्थका कारण जनताले आशा गरेअनुसार काम पूरा हुन नसकेको बताएका छन् । 
कोभिड—१९ खोपको अनुसन्धान गर्ने दुई चिकित्सकलाई नोबल पुरस्कार
कोभिड—१९ खोपको अनुसन्धान गर्ने दुई चिकित्सकलाई नोबल पुरस्कार कोभिड—१९ विरुद्धको खोपको अनुसन्धान गर्ने दुई जना वैज्ञानिकले यसवर्षको चिकित्सा विज्ञानतर्फको नोबल पुरस्कार पाएका छन् ।नोबल पुरस्कार समितिले वैज्ञानिकहरू क्याटलिन कारीको र ड्रयु वेसम्यानलाई ‘मेसेन्जर आरएनए’ भ्याक्सिन बनाउन गरेको खोजका लागि चिकित्सा विज्ञानतर्फको पुरस्कार दिने घोषणा गरेको हो ।
चाडबाडलक्षित यातायात व्यवस्थापनबारे संसदीय समितिले यातायातमन्त्रीसँग छलफल गर्ने
चाडबाडलक्षित यातायात व्यवस्थापनबारे संसदीय समितिले यातायातमन्त्रीसँग छलफल गर्ने प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई बोलाएर चाडबाडलक्षित यातायत व्यवस्थापनबारे छलफल गर्ने भएको छ ।
बाल र राहत शिक्षकलाई दरबन्दीमा परिणत गर्ने भनेका छौं, कति सक्छौं सोच्न जरुरी छ : नेता जोशी
बाल र राहत शिक्षकलाई दरबन्दीमा परिणत गर्ने भनेका छौं, कति सक्छौं सोच्न जरुरी छ : नेता जोशी नेकपा एकीकृत समाजवादीका नेता भानुभक्त जोशीले राज्यले शिक्षा क्षेत्रमा लगानी गर्न नसकेको बताएका छन् ।
अस्ट्रेलिया पलायन भएका फुटबलर विमल घर्ती मगर सुपर लिगमा सहभागी हुने
अस्ट्रेलिया पलायन भएका फुटबलर विमल घर्ती मगर सुपर लिगमा सहभागी हुने अस्ट्रेलिया पलायन भएका राष्ट्रिय फुटबलर विमल घर्ती मगर नेपाल सुपर लिगमा सहभागी हुने भएका छन् ।
संसदीयले समितिले अपराधीलाई आममाफी र बाल सुधार गृहको अवस्थाबारे गृहमन्त्रीसँग जवाफ माग्ने
संसदीयले समितिले अपराधीलाई आममाफी र बाल सुधार गृहको अवस्थाबारे गृहमन्त्रीसँग जवाफ माग्ने प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिले राष्ट्रपतिबाट संविधान दिवसका अवसरमा अपराधीलाई  दिएको कैदमाफी मिनाहाका सम्बन्धमा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग जवाफ माग्ने निणर्य गरेको छ ।
दसैँ गीतका पर्याय विष्णु खत्री
दसैँ गीतका पर्याय विष्णु खत्री वि.सं.२०६४ को दसैँ ताका लोकगायक विष्णु खत्रीले ल्याएको गीत हो, यो । जुन गीत उबेला खुबै चर्चित बन्यो । धेरैले रुचाए पनि । खत्री त्यत्तिमा मात्र रोकिएनन् । त्यसयता सालिन्दा दसैँको छेकोमा उस्तै विषय र भावभूमिमा उनका गीत आउन थाले । कतिले त ‘विष्णु खत्रीको गीत आएपछि बल्ल दसैँ आउँछ’...
हेटौँडामा सवारी दुर्घटना हुँदा नौ जना घाइते
हेटौँडामा सवारी दुर्घटना हुँदा नौ जना घाइते बाग्मती प्रदेशको राजधानी हेटौँडास्थित सोमबार सवारी दुर्घटना हुँदा नौ जना घाइते भएका छन् ।मकवानपुर प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने मकवानपुरको हेटौँडा–१५ चुरिमाइस्थित सवारी दुर्घटना हुँदा नौ जना घाइते भएको हुन्  ।
नेप्से परिसूचकमा सुधार
नेप्से परिसूचकमा सुधार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको सुधार देखिएको छ । आज परिसूचक पाँच दशमलव १९ अंकले बढेर एक हजार नौ सय ७६ दशमलव २९ अंकमा कायम भएको हो ।आज दुई सय ८६ कम्पनीको ५७ लाख ७६ हजार आठ सय ९६ कित्ता शेयर ८५ हजार पाँच सय ९१ पटक...
Weather Update