अस्ट्रेलिया पलायन भएका फुटबलर विमल घर्ती मगर सुपर लिगमा सहभागी हुने

काठमाडौं— अस्ट्रेलिया पलायन भएका राष्ट्रिय फुटबलर विमल घर्ती मगर नेपाल सुपर लिगमा सहभागी हुने भएका छन् ।
उनले सोमबार सामाजिक सञ्जालमार्फत आफू नेपाल सुपर लिगमा आइकनिक प्लेयरका रुपमा सहभागी हुने जानकारी गराएका हुन् ।
अस्ट्रेलियाबाट विमलले सामाजिक सञ्जालमा स्टाटस लेख्दै चितवन एफसीबाट खेल्ने बताएका छन् । फेरि पनि आफ्नो माटोमा खेल्ने सुवर्ण मौका दिएको भन्दै उनले क्लबलाई धन्यवाद दिएका छन् ।
एनएसएलको दोस्रो संस्करण आउँदो मंसिर ८ बाट सुरु हुँदैछ । एनएसएलका लागि गत शनिबार खेलाडीको अक्सन भएको थियो । विमल शुक्रबार (असोज १२) मा अस्ट्रेलिया उडेका थिए ।
प्रकाशित मिति: सोमबार, असोज १५, २०८० १७:११