News Griha :: न्यूजगृह
सहायक हवल्दार मृत्यु घटना छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति गठन
सहायक हवल्दार मृत्यु घटना छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति गठन मैनालीको नेतृत्वमा गठन भएको समितिमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी मिलन केसी र जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी अनिल अधिकारी सदस्य छन् । 
त्रिकोणात्मक सिरिज फागुन १५ देखि, नेपालले पहिलो खेल नामिबियासँग खेल्ने
त्रिकोणात्मक सिरिज फागुन १५ देखि, नेपालले पहिलो खेल नामिबियासँग खेल्ने नेपालले त्रिकोणात्मक टी–२० सिरिजको पहिलो खेल नामिबियासँग खेल्ने भएको छ । खेल किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आगामी फागुन १५ गते हुने छ । नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार सिरिजको खेल तालिका सार्वजनिक गरेको हो ।
यी प्रदेशमा आज हिमपातको सम्भावना, काठमाडौंको न्यूनतम तापक्रम कति ?
यी प्रदेशमा आज हिमपातको सम्भावना, काठमाडौंको न्यूनतम तापक्रम कति ? देशका केही भूभागमा आज हिमपातको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको हो । पश्चिमी वायुको आंशिक प्रभाव रहँदा बिहान पहाडी भूभागमा आंशिक बदली रहेको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा छ । तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको छ ।
आज तामाङ समुदायको सोनम ल्होसार, विविध कार्यक्रमका साथ मनाइदै
आज तामाङ समुदायको सोनम ल्होसार, विविध कार्यक्रमका साथ मनाइदै तामाङ जातिको बाहुल्यता रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रूपमा मनाइन्छ । पर्वका अवसरमा बौद्धनाथ क्षेत्र विकास समितिले बौद्ध क्षेत्रमा विविध कार्यक्रम आयोजना गरी मनाउने जनाइएको छ । स्वयम्भू क्षेत्रमा पनि विविध कार्यक्रम गरी सोनाम ल्होसार मनाइएको छ ।
एकदिवसीय शृङ्खला: आज नेपाल र क्यानडाबीच दोस्रो खेल
एकदिवसीय शृङ्खला: आज नेपाल र क्यानडाबीच दोस्रो खेल घरेलु टोली नेपाल लगातार दोस्रो जित निकाल्दै शृङ्खला जित्ने योजनामा हुनेछ । पहिलो खेलमा नेपालले क्यानडामाथि रोमाञ्चक जित निकालेको थियो । नेपाल एक खेलअगावै सिरिज जित्न चाहन्छ । 
नेपाल प्रहरीका १६ एसएसपीको सरुवा [सूचीसहित]
नेपाल प्रहरीका १६ एसएसपीको सरुवा [सूचीसहित] सरकारले नेपाल प्रहरीका १६ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा गरेको छ । उनीहरूलाई गृह मन्त्रालयले शुक्रबार सरुवा तथा काजमा पठाएको प्रहरी प्रधान कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
हराएका १७ सवारीसाधन फेलापारि सम्बन्धित धनीलाई हस्तान्तरण
हराएका १७ सवारीसाधन फेलापारि सम्बन्धित धनीलाई हस्तान्तरण कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा, केही वास्तविक नम्बर प्लेटमै र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट दुईपाङ्ग्रे सवारी फेला परेका ट्राफिक प्रहरीले जनाएको छ ।
खराब कर्जामा चुर्लुम्मै डुब्यो एनआईसी एशिया बैंक, राष्ट्र बैंकले अनुसन्धान गर्दै
खराब कर्जामा चुर्लुम्मै डुब्यो एनआईसी एशिया बैंक, राष्ट्र बैंकले अनुसन्धान गर्दै नेपाल राष्ट्र बैंकले एनआईसी एशिया बैंकमाथि अनुसन्धान अघि बढाएको छ । बैंकको आवासीय कर्जामा उच्च वृद्धि देखिएपछि राष्ट्र बैंकले एनआईसी एशिया बैंकमाथि छानबिन अघि बढाएको हो । गत असारमा एनआईसी एशिया बैंकले आवासीय कर्जामा ५४ अर्ब ९८ करोड रुपैयाँ लगानी गरेको रिपोर्टले देखाएको थियो ।
कोशीमा मन्त्रिपरिषद् विस्तार, ४ मन्त्री र २ राज्यमन्त्रीले लिए शपथ 
कोशीमा मन्त्रिपरिषद् विस्तार, ४ मन्त्री र २ राज्यमन्त्रीले लिए शपथ  कोशी प्रदेश सरकारमा चारजना मन्त्री र दुईजना राज्यमन्त्री थपिएका छन् । मन्त्रिपरिषद् विस्तार गर्ने क्रममा थपिएका उनीहरूले आजै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।शुक्रबार मुख्यमन्त्री केदार कार्कीले उनीहरूलाई नियुक्त गरेका हुन् । नवनियुक्त मन्त्रीहरूले प्रदेश प्रमुखको कार्यालयमा शपथ ग्रहण गरेका हुन् । थपिएका मन्त्रीहरूमा कांग्रेसबाट ओखलढुङ्गाका प्रदीप...
सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी : राई स्कुल, ब्राइट होराइजन र एपीएफ विजयी
सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी : राई स्कुल, ब्राइट होराइजन र एपीएफ विजयी प्रतियोगिता अन्तर्गत भोलि लिग चरणका अन्तिम तीन खेल हुनेछन् । जसमा सैनिक आवासीय माध्यामिक विद्यालय सल्लाघारीविरुद्ध ग्रीन भिलेज सेकेन्डरी स्कुल कीर्तिपुर मैदान उत्रँदा पुष्पसदन स्कुलविरुद्ध लेबोरेटरी माध्यामिक विद्यालय कीर्तिपुरले खेल्ने छ । त्यस्तै,  राई स्कुल नक्साल र नेपालय पब्लिक इङ्गलिस स्कुल जोरपाटी आमनेसामने हुनेछन् ।  
स्वास्थ्यमन्त्री बस्नेतको बलमिच्याइँलाई सर्वोच्चको अङ्कुश
स्वास्थ्यमन्त्री बस्नेतको बलमिच्याइँलाई सर्वोच्चको अङ्कुश सर्वोच्च न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजलासले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको हो । साथै अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाइएको छ । यो सँगै स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको बलमिच्याइँलाई पुन: अदालतले रोकिएको छ । डा. बसौला पुन: बोर्डमा फकिने बाटो खुलेको छ । डा. बसौलाले...
२० हजार रुपैयाँ घुस खाने इन्जिनियरलाई एक महिना कैद
२० हजार रुपैयाँ घुस खाने इन्जिनियरलाई एक महिना कैद विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार सुनसरीको बर्जू गाउँपालिकाका तत्कालीन इन्जिनियर अजय कुमार मेहतालाई बिगो बराबरको २० हजार रुपैयाँ जरिवाना र एक महिना कैदको फैसला भएको छ । 
Weather Update