News Griha :: न्यूजगृह
सहायक हवल्दार मृत्यु घटना छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति गठन

काठमाडौं— ड्युटी सकेर फर्किनेक्रममा प्रहरीको गाडीबाट खसेर मृत्यु भएका प्रहरी सहायक हवल्दारको मृत्यु प्रकरणमा काठमाडौं उपत्यका प्रहरी कार्यालयले एसएसपी दिनेशराज मैनालीको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ ।

मैनालीको नेतृत्वमा गठन भएको समितिमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी मिलन केसी र जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी अनिल अधिकारी सदस्य छन् । 

समितिलाई १० दिनभित्र प्रतिवेदन पेस गर्न जिम्मेवारी दिइएको उपत्यका प्रहरी प्रमुख एआईजी दीपक थापाले बर्ता ।  बिहीबार राति सवा ११ बजे ड्युटी सकेर फर्किँदै गर्दा प्रहरीको बा १ झ ७४१८ नम्बरको भ्यानबाट लडेर सहायक हवल्दार हेमराज एलजीको मृत्यु भएको थियो । 

प्रकाशित मिति: शनिबार, माघ २७, २०८०  ०७:१०
Weather Update