महेन्द्र मोरङ क्याम्पसमा भेटियो काटिएको औँलाको टुक्रा शुक्रबार, माघ २६, २०८०
![आज कुन देशको मुद्राको भाउ कति ? [सूचीसहित]](https://newsgriha.com/uploads/posts/exchange-rate-dollor-foren-currency1683941338.jpeg)
आज कुन देशको मुद्राको भाउ कति ? [सूचीसहित] शुक्रबार, माघ २६, २०८० राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ४४ पैसा र बिक्री दर १३३ रुपैयाँ ०४ पैसा रहेको छ । त्यस्तै, युरो एकको खरिद दर १४२ रुपैयाँ ५५ पैसा रहेको छ भने बिक्री दर १४३ रुपैयाँ १९ पैसा रहेको छ ।

यी हुन् ‘सर्टलिस्ट’मा परेका त्रिवि उपकुलपतिका १४ उम्मेदवार शुक्रबार, माघ २६, २०८० त्रिभुवन विश्वविद्यालय (त्रिवि)को उपकुलपतिमा सिफारिस भएका १४ जना उम्मेदवारको अल्पसूची (सर्टलिस्ट) सार्वजनिक भएको छ ।प्रस्तुतिकरण र अन्तर्वार्ताको लागि छनोट भएका १४ उम्मेदवारको वर्णानुक्रमअनुसारको अल्पसूची सार्वजनिक भएको हो । त्रिवि उपकुलपति नियुक्तिका लागि नाम सिफारिस समितिले बिहीबार १४ जना उम्मेदवारको अल्पसूची सार्वजनिक गरेको छ ।
![नेपाल प्रहरीमा २ हजार बढी नयाँ कर्मचारीका लागि दरखास्त आह्वान [सूचनासहित]](https://newsgriha.com/uploads/posts/nepal-Police1683699981.png)
नेपाल प्रहरीमा २ हजार बढी नयाँ कर्मचारीका लागि दरखास्त आह्वान [सूचनासहित] शुक्रबार, माघ २६, २०८० जसअन्तर्गत प्रहरी जवानका लागि १ हजार ८५६ जना, ५३ जना भान्छे, ७ जना हजाम, २० जना कुचिकार र १४ जना खेलाडी माग गरिएको छ । खेलाडीतर्फ एथ्लेटिक्स, उसु, भारोत्तोलन, कराँते, तेक्वान्दो, भलिबल, फुटबल, टेबल टेनिस र बक्सिङ विधातर्फका खेलाडीहरूले मात्र दरखास्त दिन सक्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

फेसबुक लाइभमा शिवसेना नेताको गोली हानी हत्या, हत्याराले पनि गरे आत्महत्या शुक्रबार, माघ २६, २०८० अभिषेकलाई गोली हानेपछि मोरिसले पनि आफैंलाई गोली हानेर आत्महत्या गरेको भारतीय मिडियाहरुले जनाएका छन् । अभिषेकमाथि गोली लागेको भिडिओ सामाजिक सञ्जालमा भाइरल छ । भारतीय मिडियाहरूका अनुसार अभिषेक र मोरिस साथी–साथी हुन् । उनीहरूबीच केही दिन अघि विवाद भएको थियो । हत्याको कारण आपसी विवाद नै हुनसक्ने अनुमान गरिएको छ...

सूर्यदर्शन सहकारी सञ्चालक समितिका सदस्य प्रमोद भट्टराई पक्राउ शुक्रबार, माघ २६, २०८० उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयसँगको समन्वयमा काठमाडौंस्थित गोकर्णेश्वर–४, माकलबारीबाट पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ । उनी बिहीबार दिउँसो पक्राउ परेका थिए । बिहीबार साँझ उनलाई कास्की पुर्याइएको छ ।

कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना, वर्षाको सम्भावना टरेको हो? शुक्रबार, माघ २६, २०८० हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । देशका तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ ।

बाँसबारीको जग्गा सरकारको नाममा ल्याउन च्याम्पियन फुटवेयरलाई मालपोतको पत्र शुक्रबार, माघ २६, २०८० भूमिसुधार तथा मालपोत कार्यालयले काठमाडौँस्थित बाँसबारीको १० रोपनी जग्गा सरकारका नाममा ल्याउन भन्दै पत्र काटेको छ । च्याम्पियन फुटवेयरका नाममा २१ दिने सूचना जारी गर्दै कार्यालयले फुटवेयर हाल चाँदबाग रेसिडेन्सीका सञ्चालक समिति अध्यक्ष सञ्जय ठाकुरलाई उक्त पत्र काटेको हो । २१ दिनभित्र नआए जग्गा स्वत सरकारको नाममा ल्याउने प्रक्रिया सुरु...

हुलाक सेवाका १ हजार ६ सय ३६ दरबन्दी खारेज बिहीबार, माघ २५, २०८० बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले हुलाक सेवा अन्तर्गतका एक हजार ६ सय ३६ दरबन्दी खारेज गर्ने निर्णय गरेको हो। यसअनुसार अब केन्द्रीय धनादेश कार्यालय र टिकट व्यवस्थापन तथा फिलाटेलिक कार्यालय खारेज हुनेछन् ।

मुख्यमन्त्रीले मागे संघीय मन्त्रीहरूको ‘रिपोर्ट कार्ड’, संघीयता कार्यान्वयनका सवालमा के भने ? बिहीबार, माघ २५, २०८० प्रधानमन्त्रीको अध्यक्षतामा सिंहदरबारमा बिहीबार बसेको ‘प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सदस्य’सँग सातै प्रदेशका मुख्यमन्त्रीहरूको बैठकमा दाहालले ‘संघीयताको सुदृढ कार्यान्वयन हामी सबैको साझा जिम्मेवारी हो । यहाँहरूले मुख्यमन्त्रीको चिन्ता र चासो बुझ्नु नै भयो । त्यसलाई गम्भीरतापूर्वक लिनुस्’ भनेको दाहालको सचिवालयले जनाएको छ ।
-1696254918.jpg)
सार्वजनिक जग्गा व्यक्तिको नाम दर्ता गरेको भन्दै अख्तियारले २४९ जनाविरुद्ध दायर गर्यो मुद्दा बिहीबार, माघ २५, २०८० ७ बिघा सार्वजनिक जग्गा हिनामिना अभियोगमा नगर विकास समितिका तत्कालीन अध्यक्षसहित १३५ विरुद्ध बिगो, कैद र जरिवाना मागदाबीभूमिहीनको आवरणमा जग्गा हत्याउन नगर विकास समितिका पदाधिकारी र कर्मचारीसँग पहुँचवालाको सेटिङ

नेपालद्वारा क्यानडा पराजित बिहीबार, माघ २५, २०८० नेपाललाई जिताउन रोहितकुमार पौडेलले ४ विकेट लिए । क्यानडाका निकोलश किर्टोन र पारगत सिंहले अर्धशतकीय पारी खेले पनि टिमलाई जिताउन सकेनन् । किर्टोन ६८ रन बनाउँदै १९५ रनको स्थितिमा आउट भएपछि खेलमा नेपालको आशा फर्केको थियो । त्यसअघि सिंह ५० रनमा आउट भएका थिए ।

भारतमा नक्कली नोट छाप्ने र नेपाल ल्याएर बजारमा साट्ने गिरोहका नाइकेसहित ५ जना पक्राउ बिहीबार, माघ २५, २०८० भारतमा नक्कली रुपैयाँ छापेर नेपालका विभिन्न ठाउँमा कारोबार गर्ने गरेको हुँदा भारतीय प्रहरीहरूसँग पनि समन्वय, सहकार्य गरेर पैसा छाप्ने सञ्जालसम्म पुग्ने उपरीक्षक काफ्लेले दाबी गरे । वीरगञ्ज महानगरपालिका– १० बस्ने विशालकुमार श्रीवास्तव नक्कली नेपाली नोटलाई नेपालमा साटासाट गर्ने गराउने नाइकेको रूपमा काम गर्दै आएको प्रहरी उपरीक्षक काफ्लेले जानकारी दिए ।









