News Griha :: न्यूजगृह
यी हुन् ‘सर्टलिस्ट’मा परेका त्रिवि उपकुलपतिका १४ उम्मेदवार   

काठमाडौं—  त्रिभुवन विश्वविद्यालय (त्रिवि)को उपकुलपतिमा सिफारिस भएका १४ जना उम्मेदवारको अल्पसूची (सर्टलिस्ट) सार्वजनिक भएको छ ।

प्रस्तुतिकरण र अन्तर्वार्ताको लागि छनोट भएका १४ उम्मेदवारको वर्णानुक्रमअनुसारको अल्पसूची सार्वजनिक भएको हो । त्रिवि उपकुलपति नियुक्तिका लागि नाम सिफारिस समितिले बिहीबार १४ जना उम्मेदवारको अल्पसूची सार्वजनिक गरेको छ ।

पहिलोपटक त्रिविले खुला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्तिको तयारी अघि बढाएको छ । खुला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्तिको लागि त्रिविले गएको पुस २३ गते दरखास्त आह्वान गरेको थियो ।

सो आह्वानअनुसार त्रिवि उपकुलपति पदका लागि ४३ जनाको आवेदन परेको थियो । आवेदकहरूमध्येबाट १४ जनाको नाम सर्टलिस्टमा परेको हो । 

कुसुम शाक्य, केशरजंग बराल, गोविन्द सुवेदी, चित्रबहादुर बुढाथोकी, ज्ञानेन्द्रप्रसाद पौडेल, टंकनाथ धमला, तीर्थराज खनियाँ, नारायणप्रसाद बेलबासे, प्रकाश घिमिरे, भोजराज अर्याल, महेन्द्रप्रसाद शर्मा, रामचन्द्र बस्नेत, शिवलाल भुसाल र सूर्यबहादुर थापा सर्टलिस्टमा परेका हुन् ।    

प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८०  ०८:२६
Weather Update