News Griha :: न्यूजगृह
महेन्द्र मोरङ क्याम्पसमा भेटियो काटिएको औँलाको टुक्रा 

मोरङ— विराटनगरको महेन्द्र मोरङ बहुमुखी क्याम्पसको हाताभित्र मान्छेको औँलाको टुक्रा भेटिएको छ । शुक्रबार बिहान क्याम्पस हाताभित्र काटिएको हातको औलाको टुक्रा फेला परेको मोरङ प्रहरीले जनाएको छ ।

अहिले प्रहरी टोली घटनास्थलमा पुगेको छ । फेला परेको औँलाको टुक्रा परीक्षणका लागि ल्याबमा पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय मोरङले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८०  ०९:५९
Weather Update