नेपाल प्रहरीमा २ हजार बढी नयाँ कर्मचारीका लागि दरखास्त आह्वान [सूचनासहित]
![नेपाल प्रहरीमा २ हजार बढी नयाँ कर्मचारीका लागि दरखास्त आह्वान [सूचनासहित]](https://newsgriha.com/uploads/posts/nepal-Police1683699981.png)
काठमाडौं— नेपाल प्रहरीले २ हजारभन्दा बढी कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ । शुक्रबार प्रहरी प्रधान कार्यालयले सूचना प्रकाशन गर्दै प्रहरी जवानदेखि भान्छे, हजाम, कुचीकार र खेलाडीका लागि दरखास्त आह्वान गरेको हो ।
जसअन्तर्गत प्रहरी जवानका लागि १ हजार ८५६ जना, ५३ जना भान्छे, ७ जना हजाम, २० जना कुचिकार र १४ जना खेलाडी माग गरिएको छ । खेलाडीतर्फ एथ्लेटिक्स, उसु, भारोत्तोलन, कराँते, तेक्वान्दो, भलिबल, फुटबल, टेबल टेनिस र बक्सिङ विधातर्फका खेलाडीहरूले मात्र दरखास्त दिन सक्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूले फागुन २ गतेदेखि चैत ९ गतेसम्म तोकिएको प्रहरी कार्यालयमा उपस्थित भई दरखास्त दिन सक्नेछन् ।

प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८० ०७:१७













