ललितपुरमा ‘अफ्रिकन स्वाइन फिभर’ संक्रमण पुष्टि, सचेत रहन आग्रह बिहीबार, माघ २५, २०८०

सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगितामा नेपाल पुलिस र लिटिल एन्जल्स स्कुल विजयी बिहीबार, माघ २५, २०८० लिग चरणको खेलमा बिहीबार ग्रीन भिलेज सेकेन्डरी स्कुल कीर्तिपुरलाई लिटिल एन्जल्स स्कुल हात्तीवनले ११-० गोल अन्तरले पराजित गर्यो । लिटिल एन्जल्सको जितमा प्रसुन तुलाधरले ३, कृयुष डंगोल र ओस्कर लामाले २/२, अनमोल सुब्बा, निश्चल नेपाली रशिलभम मगरले समान १/१ गोल गरेका थिए भने एक गोल उसले उपहार पाएको थियो ।

‘क्यान इन्फोटेक-२०२४’ सुरु, ५ दिनसम्म चल्ने प्रदर्शनीको सञ्चारमन्त्री शर्माले गरिन् उद्घाटन बिहीबार, माघ २५, २०८० कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान)को आयोजनामा भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा २९औं संस्करणको क्यान इन्फोटेक सुरु भएको छ । बिहीबार सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यो प्रदर्शनीको उद्घाटन गरिन् । उद्घाटन समाहरोहलाई सम्बोधन गर्दै मन्त्री शर्माले सूचना प्रविधिको विकासका लागि तीनै तहका सरकारले निजी क्षेत्रसँग सहकार्य र साझेदारी गर्न आवश्यक रहेको...

१० वर्षीया बालिकाको ब्रेन ट्युमरको सफल शल्यक्रिया बिहीबार, माघ २५, २०८० नोवेल मेडिकल कलेज टिचिङ हस्पिटलमा १० वर्षीया बालिकाको जटिल मानिएको ब्रेन ट्युमरको सफल शल्यक्रिया भएको छ ।

क्यानडाविरुद्धको खेलमा जब सन्दीपको पक्षमा नाराबाजी चल्यो... बिहीबार, माघ २५, २०८० क्यानडाविरुद्धको खेल भइरहँदा कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा दर्शकले काठमाडौं जिल्ला अदालतबाट बलात्कार जस्तो गम्भीर घट्नामा दोषी ठहर भइसकेका क्रिकेटर सन्दीप लामिछानेको खोजी गरेका छन् । क्यानडाविरुद्ध टस जितेर ब्याटिङमा उत्रिएको नेपालले लगातार विकेट गुमाउँदा दर्शक दीर्घाबाट सन्दीपको पक्षमा नाराबाजी भएको हो ।

जाजारकोटमा अमेरिकाको १३ लाख ७० हजार डलर सहयोग बिहीबार, माघ २५, २०८० जाजरकोटमा गएको विनाशकारी भूकम्पपछिको पुनरुत्थानका लागि अमेरिकी सरकारले यूएसएआईडीमार्फत १३ लाख ७० हजार डलर सहयोगको घोषणा गरेको छ । गत कात्तिकमा जाजरकोटमा गएको विनाशकारी भूकम्पपछि पुनरुत्थानको प्रयासमा सहयोग गर्न १३ लाख ७० हजार डलर अर्थात १८ करोड १७ लाख बढी नेपाली रुपैंयाँ सहयोग गर्ने घोषणा गरेको हो ।

पाकिस्तानमा आम निर्वाचनका लागि मतदान जारी बिहीबार, माघ २५, २०८० कूल २६६ मध्ये एक बाहेक ३६५ संसद् सदस्य निर्वाचित गर्नका लागि स्थापित हजारौँ मतदान केन्द्रमा मतदान जारी रहेको छ ।एकाधबाहेक सबै स्थानमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ । उम्मेदवारको मृत्युको कारण एक स्थानमा निर्वाचन स्थगित भएको आयोगले जनाएको छ ।

सुन समितिलाई बयान दिँदै पूर्वसभामुख महरा बिहीबार, माघ २५, २०८० स्रोतका अनुसार समितिले बोलाएपछि उनी समितिको कार्यालयमा पुगेर बयान दिइरहेका छन् । विद्युतीय सिगरेट (भेप) मा लुकाएर तस्करी भएको ९ किलो सुनका चिनियाँ तस्करसँग महरासँगको सम्पर्क देखिएको थियो । यही प्रकरणका उनका छोरा राहुल महरालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई पक्राउ गरेको थियो ।

नेपालले क्यानडालाई दियो २२५ रनको लक्ष्य बिहीबार, माघ २५, २०८० नेपालले पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्यानडालाई जितका लागि दुई सय २५ रनको लक्ष्य दिएको छ । किर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको नेपालले निर्धारित ओभरमा सबै विकेट गुमाएर दुई सय २४ रन बनायो ।

सूर्य नेम्वाङबाट ठगिएकाहरू गृह मन्त्रालयमा, यस्तो छ 'नटवरलाल'को ठगी धन्दा बिहीबार, माघ २५, २०८० भूतपूर्व गोर्खाका वयस्क सन्तानलाई बेलायत लगिदिने भन्दै करोडौं रकम ठगी गरेको आरोपमा हिरासतमा रहेका पूर्वगोर्खा सूर्यकुमार नेम्वाङ शक्तिकेन्द्रको आडमा उम्किन खोजेको गुनासो पीडितले गरेका छन् । पीडितहरूले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर आफ्नो ठगिएको रकम असुलउपर गरि नेम्वाङलाई हदैसम्मको कारबाही गर्न ध्यानाकर्षणपत्र समेत पेस गरेका छन् ।

एकदिवसीय क्रिकेटमा कुशल भुर्तेलको सातौँ अर्धशतक बिहीबार, माघ २५, २०८० नेपाली राष्ट्रिय क्रिकेट टीमका ओपनिङ ब्याटर कुशल भुर्तेलले एकदिवसीय खेलमा सातौँ अर्धशतक प्रहार गरेका छन् ।बिहीबार किर्तिपुरस्थित त्रिवि मैदानमा क्यानडाविरुद्धको पहिलो एकदिवसीय खेलमा कुशलले अर्धशतक प्रहार गरेका हुन् । टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि उनले ४४ बलमा अर्धशतक पूरा गर्ने क्रममा ८ चौका र १ छक्का प्रहार गरे...

सामाजिक सञ्जालमार्फत अपराध : ७ महिनामा १३ हजार उजुरी बिहीबार, माघ २५, २०८० प्रविधिको पहुँच र इन्टरनेटको विस्तारले गाउँगाउँसम्म सामाजिक सञ्जालका माध्यमहरू सर्वसाधारणको दैनिकी बनेका छन् । सामाजिक सञ्जालले मानिसहरूलाई मनोरञ्जनसँगै सञ्चारमा सहज बनाइदिएको छ । तर सञ्जालको प्रयोग र प्रभाव जसरी बढेको छ, त्यसैगरी सञ्जालकै प्रयोगबाट हुने अपराधको ग्राफ पनि उकालो लागिरहेको छ ।

के विनोद चौधरी फरार भएका हुन्? बिहीबार, माघ २५, २०८० बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडको १० रोपनी सरकारी जग्गा हिनामिना प्रकरणमा नेपाली कांग्रेसका सांसदसमेत रहेका व्यवसायी विनोद चौधरीमाथि प्रहरी अनुसन्धान केन्द्रित भएको छ । विनोदका भाइ अरुणसहित तीनजना पक्राउपछि प्रहरीले तत्कालीन च्याम्पियन फुटवेयरका शेयर सदस्यमाथि सोधपुछ र बयान थालेको हो । च्याम्पियन फुटवेयरमा विनोद चौधरीको २ सय कित्ता शेयर...









