News Griha :: न्यूजगृह
१० वर्षीया बालिकाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

विराटनगर— नोवेल मेडिकल कलेज टिचिङ हस्पिटलमा १० वर्षीया बालिकाको जटिल मानिएको ब्रेन ट्युमरको सफल शल्यक्रिया भएको छ ।

दुई महिनादेखि टाउको दुख्ने र उल्टी हुने समस्या हुँदै विस्तारै शरीरको देब्रे भाग नचल्ने भई दुई दिनबाट ओच्छ्यानमा बेहोस रहेकी १० वर्षीया दिपिका ऋषिदेवलाई उपचारको लागि नोवेल मेडिकल कलेज टिचिङ हस्पिटलको आकस्मिक कक्षमा लगिएको थियो ।

बिरामीको परीक्षणको क्रममा सिटी स्क्यानको रिपोर्ट अनुसार उनको टाउकोको दाहिनेतर्फ ठूलो आकारको ब्रेन ट्युमर भएको पत्ता लागेको चिकित्सकले बताएका छन् । ‘बिरामीको बुबाआमाले बिरामीको अवस्थाको कारण आश मारिसकेका थिए,’ उपचारमा संलग्न प्रमुख न्युरो सर्जन प्रा. डा. एडमण्ड जोनाथनले भने ।

उनका अनुसार नोवेलको न्युरोसर्जरी राम्रो छ भन्ने सुनेर एक पटक जाँच गर्ने भनेर बिरामीलाई ल्याइएको थियो । आर्थिक अवस्था कमजोर र बिरामीको अवस्था दिनानुदिन बिग्रँदै गएको कारण उनीहरूले थप उपचार गर्ने कि नगर्ने निर्णय गर्न सकेका थिएनन् ।

बिरामीको अवस्था र उपचारको बारेमा बिरामीको अभिभावकसँग छलफलपछि बिरामीको उपचार थालिएको थियो । बिरामीको उपचारमा अस्पतालबाट छुट उपलब्ध गरिएको उनले बताए । शल्यक्रिया र उपचारमा संलग्न न्युरो सर्जन डा. प्रमोद चौधरीका अनुसार बालिकाको शरीरको अंग चलाउने दिमागको भागमा ठूलो ट्युमर पलाएको कारण शरीरको देब्रे भाग कमजोर भएको थियो । 

 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  १६:०९
Weather Update