News Griha :: न्यूजगृह
एकदिवसीय क्रिकेटमा कुशल भुर्तेलको सातौँ अर्धशतक
फाइल तस्बिर ।

काठमाडौं—  नेपाली राष्ट्रिय क्रिकेट टीमका ओपनिङ ब्याटर कुशल भुर्तेलले एकदिवसीय खेलमा सातौँ अर्धशतक प्रहार गरेका छन् ।

बिहीबार किर्तिपुरस्थित त्रिवि मैदानमा क्यानडाविरुद्धको पहिलो एकदिवसीय खेलमा कुशलले अर्धशतक प्रहार गरेका हुन् । टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि उनले ४४ बलमा अर्धशतक पूरा गर्ने क्रममा ८ चौका र १ छक्का प्रहार गरे ।

उनले अर्धशतक हिर्काउँदा नेपालले १३.४ ओभरमा १ विकेटको क्षतिमा ७१ रन जोडेको स्थिति थियो । कुशलले एकदिवसीय खेलमा ४७ खेलमा एक हजार रन पूरा गरिसकेका छन् भने एक शतक प्रहार गरेका छन् ।

उनका ओपनिङ पार्टनर असिफ शेख ८ रनमै आउट भए । दशौँ ओभरमा आउट भएका उनले १२ बलमा १ चौका हिर्काए । यस्तै कुशलले अर्धशतक प्रहार गरे लगत्तै कप्तान रोहित पौडेल पनि ८ रनमै आउट हुँदा नेपालले दोस्रो विकेट गुमाएको छ ।

नेपालले फागुन पहिलो साता आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबिया र नेदरल्याण्ड्सविरुद्धको सिरिज खेल्नुअघि क्यानडासँग तीन खेलको एकदिवसीय सिरिज खेलेको हो । 

प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  १०:५८
Weather Update