News Griha :: न्यूजगृह
जाजारकोटमा अमेरिकाको १३ लाख ७० हजार डलर सहयोग

काठमाडौं— जाजरकोटमा गएको विनाशकारी भूकम्पपछिको पुनरुत्थानका लागि अमेरिकी सरकारले यूएसएआईडीमार्फत १३ लाख ७० हजार डलर सहयोगको घोषणा गरेको छ । गत कात्तिकमा जाजरकोटमा गएको विनाशकारी भूकम्पपछि पुनरुत्थानको प्रयासमा सहयोग गर्न १३ लाख ७० हजार डलर अर्थात १८ करोड १७ लाख बढी नेपाली रुपैंयाँ सहयोग गर्ने घोषणा गरेको हो ।

गत कात्तिक १७ गते जाजरकोट र रुकुम पश्चिममा गएको ५.६ म्याग्निच्युडको भूकम्पमा परी १ सय ५४ जनाको मृत्यु भएको थियो । साथै सयौँ घाइते भएका थिए । घर तथा भवनहरूमा क्षति पुग्दा व्यापक विस्थापन हुनपुग्यो, अत्यावश्यक सेवाहरूको प्रवाहमा व्यवधान आइपरेको थियो । आश्रय, खाना, सफा पानी तथा स्वास्थ्य सेवाको तत्काल आवश्यकता सिर्जना भएको थियो ।

सेभ द चिल्ड्रेन मार्फत कार्यान्वयन गरिएको यूएसएआईडीको सहयोगले भूकम्प प्रभावित समुदायलाई जाडोको सामना गर्न, भूकम्पले गरेको विनाशबाट तङ्ग्रिन र अन्तत: सुरक्षित पुनर्निर्माण गर्न मद्दत दूतावासले जनाएको छ । 

सन् २०१९ देखि यूएसएआईडीले कर्णालीमा विपद् जोखिम न्यूनीकरण र पुनरुत्थानका लागि गर्दैआएको २ करोड ३३ लाख डलरभन्दा बढी लगानीका अतिरिक्त प्रदान गरेको थियो । साथै, आगामी महिनाहरूमा दीर्घकालीन पुनरुत्थान, पुनर्निर्माण र पुनर्स्थापना कार्यलाई निरन्तरता दिइने पनि दूतावासले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  १४:५९
Weather Update