News Griha :: न्यूजगृह
सुन समितिलाई बयान दिँदै पूर्वसभामुख महरा 
फाइल तस्बिर ।
Prabhu Bank

काठमाडौं— पूर्वसभामुख एवं माओवादी नेता कृष्णबहादुर महरालाई सुन छानबिन समितिले बयानका लागि सिंहदरबारस्थित कार्यालयमा बोलाएको छ ।

स्रोतका अनुसार समितिले बोलाएपछि उनी समितिको कार्यालयमा पुगेर बयान दिइरहेका छन् । विद्युतीय सिगरेट (भेप) मा लुकाएर तस्करी भएको ९ किलो सुनका चिनियाँ तस्करसँग महरासँगको सम्पर्क देखिएको थियो । यही प्रकरणका उनका छोरा राहुल महरालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई पक्राउ गरेको थियो ।

महरालाई भने बयान कागज गराएर छाडिएको थियो । त्यसबेला सीआईबीसँग उनले ती चिनियाँ नागरिकसँग फलफूल व्यवसायीका रुपमा मात्र चिनजान भएको बताएका थिए । 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  १३:५०
Weather Update