News Griha :: न्यूजगृह
भक्तपुरमा बससँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु
भक्तपुरमा बससँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी बसन्त पाठकका अनुसार दुर्घटनापछि मोटरसाइकल चालक काभ्रेको धुलिखेल नगरपालिका– ७ का ५४ वर्षीय मुकुन्दप्रसाद तिमल्सिना गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि मध्यपुर अस्पताल लगिएकोमा साढे ८ बजे मृत्यु भएको डीएसपी पाठकले जानकारी दिए ।
तोलामा ५ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार?
तोलामा ५ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार? तेजाबी सुन पनि तोलामा ५ सय रुपैयाँले घटेको छ । आज तेजाबी सुन तोलामा १ लाख १७ हजार ४ सय ५० रुपैयाँ कायम भएको छ ।यस्तै, आइतबार चाँदीको मूल्य शुक्रबारको तुलनामा स्थिर छ ।  चाँदी प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
आममाफी विवादमा परेपछि हंगेरीकी राष्ट्रपतिले दिइन् राजीनामा  
आममाफी विवादमा परेपछि हंगेरीकी राष्ट्रपतिले दिइन् राजीनामा   हंगेरीकी राष्ट्रपति काटालिन नोभाकले राजीनामा दिएकी छन् । बाल यौन शोषणको मुद्दामा दोषी ठहरिएका व्यक्तिलाई माफी दिने निर्णय विवादमा परेपछि कन्जरभेटिभ राष्ट्रपति नोभाकले शनिबार राजीनामा दिएकी हुन् । हंगेरीमा सरकारले सञ्चालन गरेको बालगृहमा बालबालिकामाथि यौनशोषण गरेको अभियोगमा त्यहाँको प्रमुखलाई ८ वर्षको जेल सजाय सुनाएको थियो ।
बम विस्फोटका घाइतेलाई जलाएको घटना: कांग्रेस नेता आलमविरुद्धको मुद्दामा आजदेखि निरन्तर सुनुवाइ
बम विस्फोटका घाइतेलाई जलाएको घटना: कांग्रेस नेता आलमविरुद्धको मुद्दामा आजदेखि निरन्तर सुनुवाइ रौतहट जिल्ला अदालतले आइतबारबाट नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहमद अफताब आलमविरुद्धको मुद्दामा पेसी तोकेको छ । आइतबारबाट निरन्तर सुनुवाइ हुने गरी अदालतले आलम लगायत ११ जनाविरुद्ध दायर भएको विस्फोटक पदार्थसमेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान सम्बन्धी कसुरमा अन्तिम सुनुवाइका लागि पेसी तोकेको हो । 
भ्रष्टाचारमुक्त समाज निर्माण नभएसम्म देश नबन्ने प्रधानमन्त्री प्रचण्डको दाबी
भ्रष्टाचारमुक्त समाज निर्माण नभएसम्म देश नबन्ने प्रधानमन्त्री प्रचण्डको दाबी आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३औँ स्थापना दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारजन्य घटना छानविन र अनुसन्धानमा आयोगलाई सरकारको पूर्ण समर्थन र सहयोग रहेको बताए । ‘भ्रष्टाचार नियन्त्रणका लागि सरकार प्रतिवद्ध छ । भ्रष्टाचारविरुद्ध निर्ममतापूर्ण ढंगले कारबाही गर्नैपर्ने हुन्छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘भ्रष्टाचारमुक्त समाज निर्माण नभएसम्म देश बन्दैन ।’
एसीसी वुमन्स प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित,  भुटान ८ विकेटले पराजित
एसीसी वुमन्स प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित,  भुटान ८ विकेटले पराजित एसीसी वुमन्स प्रिमियर कप २०२४ मा नेपालले लगातार दोस्रो जित निकालेको छ । आइतबार भुटानलाई ८ विकेटले पराजित गर्दै नेपाल क्वार्टरफाइनल नजिक पुगेको छ । भुटानले दिएको ६६ रनको सामान्य लक्ष्य नेपालले ११.५ ओभरमा २ विकेट गुमाएर पार गर्‍यो ।
हिमाल आरोहीले अब दिसासमेत बोकेर ल्याउनुपर्ने
हिमाल आरोहीले अब दिसासमेत बोकेर ल्याउनुपर्ने आरोहीहरूले अब विश्वको सर्वोच्च शिखर सगरमाथा र ल्होत्से हिमालमा दिसा गरेर फ्याँक्न नपाउने भएका छन् ।आरोहीहरूले त्यहाँ गरेको दिसा बोकेर आउनुपर्ने र नष्ट गर्ने प्रावधान लागू गर्न लागिएको छ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाले पर्यटन विभागसँगको समन्वयमा हिमाल सरसफाइका लागि यस्तो निर्णय गरेको हो । 
नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजदेखि
नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजदेखि नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आइतबार बस्दैछ । विधान अधिवेशनको अन्तिम तयारीका लागि छलफल गर्न बैठक बोलाइएको माओवादी केन्द्रले जनाएको छ । माओवादी उपाध्यक्ष एवम् प्रवक्ता अग्नि सापकोटाले बैठक बिहान ११ बजेबाट राष्ट्रिय सभागृहमा बस्ने जानकारी दिए । 
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर [सूचीसहित]
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर [सूचीसहित] राष्ट्र बैंकका अनुसार आइतबार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५६ पैसा र बिक्री दर १३३ रुपैयाँ १६ पैसा पुगेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ७४ पैसा रहेको छ भने बिक्री दर १४३ रुपैयाँ ३९ पैसा रहेको छ । 
प्रिमियर लिग: लिभरपुल शीर्षमा फर्कियो
प्रिमियर लिग: लिभरपुल शीर्षमा फर्कियो लिभरपुल इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा कायमै छ । गएराति भएको खेलमा उसले बर्नलीलाई ३–१ ले हरायो।  उसका लागि डिएगो जोटाले पहिलो गोल गरेयता रेलिगेसनबाट बच्न संघर्षरत बर्नलीका लागि डारा ओसले बराबरी गोल फर्काए। लिभरपुलका लुइस डियाज र डारविन नुनेजले गोल गरे । 
कोशी, बागमती र गण्डकी प्रदेशमा हिमपातको सम्भावना, तराईमा हुस्सु
कोशी, बागमती र गण्डकी प्रदेशमा हिमपातको सम्भावना, तराईमा हुस्सु हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। देशका तराईका धेरै  स्थानहरूमा हुस्सु लागेको छ ।आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी...
हिमपातपछि राराताल किनार सेताम्ये, रमाउँदै आन्तरिक पर्यटक
हिमपातपछि राराताल किनार सेताम्ये, रमाउँदै आन्तरिक पर्यटक हिउँमा रमाउनका लागि मुगुकै विभिन्न स्थानबाट पनि युवाहरू पुगिरहेका छन् । सदरमुकाम गमगढी बजार, मुर्मा, तुम, झ्यारी, टोप्ला, पिना, सोरु, खत्याडमा रहेका दर्जनौं बस्तीबाट युवायुवती रारा जाने गरेका छन् । छिमेकी जिल्ला जुम्लाबाट पनि आन्तरिक पर्यटक दैनिक ५०/६० जना आउने गरेका छन् । हिउँ नै परेको दिन खेल्न रारा धेरै...
Weather Update