News Griha :: न्यूजगृह
नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजदेखि

काठमाडौं— नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आइतबार बस्दैछ ।

विधान अधिवेशनको अन्तिम तयारीका लागि छलफल गर्न बैठक बोलाइएको माओवादी केन्द्रले जनाएको छ । माओवादी उपाध्यक्ष एवम् प्रवक्ता अग्नि सापकोटाले बैठक बिहान ११ बजेबाट राष्ट्रिय सभागृहमा बस्ने जानकारी दिए । 

आइतबार र सोमबार बस्ने बैठकमा पार्टीले सञ्चालन गरेको चार महिने ‘जनतासँग माओवादी विशेष अभियान’ को समीक्षा हुने र त्यसबाट आएका सुझावहरूलाई समेटेर विधान सम्मेलनबाट कसरी सम्बोधन गर्ने भन्ने विषयमा छलफल हुने उनले बताए । 

माओवादीले फागुन १ गतेदेखि काठमाडौं मै विधान सम्मेलन गर्दैछ । पार्टीलाई विधानमा संशोधन र आवश्यक सुधार गर्न माओवादी केन्द्रले विधान सम्मेलन गर्न लागेको हो ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  ०८:३२
Weather Update