News Griha :: न्यूजगृह
भक्तपुरमा बससँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

काठमाडौं— भक्तपुरमा बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

शनिबार बेलुकी सवा ६ बजे सूर्यविनायक नगरपालिका– १० पलासेमा बा २ ख ९४५४ नम्बरको बस र बा ७८ प ३१५५ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको थियो ।

जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी बसन्त पाठकका अनुसार दुर्घटनापछि मोटरसाइकल चालक काभ्रेको धुलिखेल नगरपालिका– ७ का ५४ वर्षीय मुकुन्दप्रसाद तिमल्सिना गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि मध्यपुर अस्पताल लगिएकोमा साढे ८ बजे मृत्यु भएको डीएसपी पाठकले जानकारी दिए ।

दुर्घटनापछि बसका चालक दोलखाको भीमेश्वर नगरपालिका– ७ घर भई हाल काभ्रे बस्ने ३५ वर्षीय देहेन्द्र सिंह बस्नेतलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको डीएसपी पाठकले बताए ।  

प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  १२:१५
Weather Update